२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का


काठमाडौं—कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डा. खड्कालाई नियुक्त गरेको हो । उनलाई प्रदेशकाे स्वास्थ्य निर्देशनालय प्रमुखकाे जिम्मेवारी दिइएकाे सामाजिक विकास मन्त्री दल रावलले हेल्थ आवाजलाई बताए ।

रेडियोलोजिष्ट डा. खड्का यसअघि वीर अस्पतालमा कार्यरत थिए ।

डा. खड्का दैलेख, हुम्ला, जुम्लाको जिल्ला अस्पतालको प्रमुख भएर काम गरिरहेका छन् । उनले देशकै ठूलो अस्पतालमध्येको भरतपुर अस्पतालको मेसुको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी हालैमात्र सरकारी चिकित्सक संघको अध्यक्षमा विजयी भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ