२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं मेडिकल कलेजको अध्यक्ष बने सुनिल शर्मा

काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने सुनिल शर्मा


काठमाडौं– काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड(केएमसी)को अध्यक्षको जिम्मेवारी सुनिल शर्माले सम्हालेका छन् । सोमबारदेखि शर्माले केएमसीको अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

मोरङस्थित नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मा केएमसीको कुल सेयरको ४७.१ प्रतिशत सेयर खरिद गरेर केएमसी भित्रिएका हुन् ।

उनले केएमसीको संस्थापक सेयरको ५१.३८ प्रतिशत सेयर खरिद गरेका छन् । शर्माले केएमसीको अध्यक्षको पदभार गरेसँगै उनलाई सोमबार नै कर्मचारीमाझ अध्यक्षका रुपमा परिचय गराइएको थियो । केएमसीको २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले १ अर्ब ६९ करोड ८६ लाख ४० हजार रुपैयाँमा खरिद गरेका हुन् ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको नाममा अहिले संंस्थापक ३ सय ५४ जनाको ७० प्रतिशत र सर्वसाधारण (कर्मचारी) ७ सय १८ जनाको ३० प्रतिशत सेयर रहेको छ । कुल ६० लाख ९ हजार ५ सय ५३ कित्ता सेयरमध्ये संस्थापकका नाममा ५५ लाख ९ हजार ५ सय ५३ कित्ता र सर्वसाधारणका नाममा ५ लाख कित्ता सेयर छ । जसमध्ये २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले खरिद गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ