२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्लाज्मा दिनेलाई नेपाल चिकित्सक संघले सम्मान गर्ने

प्लाज्मा दिनेलाई नेपाल चिकित्सक संघले सम्मान गर्ने


काठमाडौं– कोरोना भाइरस संक्रमितको जीवन रक्षाका लागि प्लाज्मा दिने व्यक्तिलाई नेपाल चिकित्सक संघ(एनएमए) ले सम्मान गर्ने भएको छ । देशभरका कोरोना भाइरसबाट संक्रमित भई निको भएर अन्य संक्रमित बिरामीहरुको जीवन रक्षा गर्नका लागि प्लाज्मा दान गर्नेहरुको विवरण संकलन गरी ‘प्रशंसा–पत्र’ सहित उच्च सम्मान गर्ने एनएमएले निर्णय गरेको हो ।

त्यस्तै, संघले नेपालका विभिन्न ठाउँमा सक्रमण भई निको भएका व्यक्तिहरुले अपनाएका सजगता, घर परिवार तथा समाजले प्रदान गरेको हौसला र निको भएको अनुभव, संक्रमित हुँदा सिर्जित मानसिक तनाव लगायतका अनुभवहरुलाई सार्वजनिक गर्ने प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ ।

साथै, अन्य संक्रमितहरुको मनोबल उच्च पार्दै उपचारमा उनीहरुको सहयोग र प्लाज्मा दानबाट जीवन रक्षा गरी समाजमा पुर्नस्थापना गराउन सकिने सन्देश सहितको अभियान संघको तर्फबाट संचालन गर्ने जनाएको छ ।

हालसम्म कोरोना भाइरसको कुनैपनि खोप तथा औषधि पत्ता नलागेकाले कोरोनाबाट निको भएकाहरुलाई प्लाज्मा दिन एनएमएले अपिल गरेको छ ।
‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’ (‘सिपिटी’) कोरोना भाइरस संक्रमणका बिरामीलाई गरिने एउटा उपचार विधि हो । यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको १४ दिनपछि पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको ‘प्लाज्मा’ (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमित व्यक्तिलाई दिइन्छ ।

हालसम्म नेपालमा ४५ जनाभन्दा बढी कोरोना संक्रमितलाई प्लाज्मा दिइसकिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ