२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४८१ सहित थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ४८१ सहित थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं – काठमाडौं उपत्यकामा ४८१ सहित थप १०६९ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुर ३० जना र ललितपुर ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, ७ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । हाल नेपालमा आईसीयुमा १ सय २७ जना उपचाररत छन् भने भेन्टिलेटरमा १७ जनाको उपचार भैरहेको छ ।

अहिले नेपालमा कुल १८ हजार १ सय १२ जना सक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ८ सय ३२ जना विभिन्न संस्थाको आइसोलेसनमा छन् भने ७ हजार २ सय ८० जना हाेम आइसोलेसनमा छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

गएको २४ घण्टामा ११ जनाको काेराेना संक्रमितकाे मृत्यु भएको छ । जसमध्ये महोत्तरीकी ४ वर्षीया बालिकाको मृत्यु भएको छ । यस्तै, महोत्तरीका ३७ वर्षीय पुरुष, सिरहाका ६५ वर्षीय पुरुष, पर्साका ५३, ८० र ६० वर्षीय तीन पुरुष, बाराका ६० वर्षीय पुरुष, चितवनका ५२ वर्षीय पुरुष, काटठमाडौंका ७० र ३७ वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा २ सय ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ