२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ का कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु

कोभिड-१९ का कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु


बुटवल—रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा उपचारका क्रममा संक्रमित महिलाको मृत्यु भएको हो ।

नवलपरासी पश्चिम की ६५ वर्षीय महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयु सुविधाको बेड खाली नभएपछि उनलाई सोमबार भीम अस्पताल भैरहवा रिफर गरिएको थियो ।

संक्रमित महिलामा दीर्घरोगहरु उच्च रक्तचाप, मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ । उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म भीम अस्पतालमा २१ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ