२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३८८ सहित थप ११२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३८८ सहित थप ११२० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकाका ३८८ सहित थप ११२० जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३५० जनामा, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । यससँगै अहिलेसम्म कोरोना निको भएर घर फर्किनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । जसमध्ये ६ जना महिला र ६ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा चितवनका ५५ वर्षीया महिला र १८ वर्षीया महिला तथा ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, भक्तपुरमा ४० वर्षीय पुरुष, काठमाडौंमा ८९ वर्षीया महिला, ७० वर्षीय पुरुष, ७५ वर्षीय पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ ।  ललितपुरमा ७० वर्षीया महिला, धादिङमा ४७ वर्षीय पुरुष, तनहुँमा २० वर्षीया महिला र कपिलवस्तुमा ६० वर्षीया महिला कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

कहाँ कति थपिए नयाँ संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ