२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकरारका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार अवधि पुस मसान्तसम्म थपिने

करारका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार अवधि पुस मसान्तसम्म थपिने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार अवधि पुस मसान्तसम्म थप्ने भएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड—१९ का कारण सबैको करार अवधि पुस मसान्तसम्म थप गरिने बताए ।

छात्रवृत्तिमा अध्ययन गरेर मन्त्रालयसँगको करारअनुसार काम गरिरहेका चिकित्सकहरुको करार सकिएको भएपनि पुस मसान्तसम्मकै लागि मन्त्रालय थप गरेको छ ।

यस्तै, स्वीकृत दरबन्दी रिक्त रहेको स्वास्थ्य संस्थामा संस्था आफैले छोटो प्रतिस्पर्धाका आधारमा जनशक्ति भर्ना गर्न सक्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।

समायोजन भएका तथा पदस्थापन भइनसकेका स्वास्थ्यकर्मीलाई पहिल्यै काम गरिरहेको स्थानमा नै काम गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ