२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसीको सत्याग्रह पुनः स्थगित

डा. गोविन्द केसीको सत्याग्रह पुनः स्थगित


जुम्ला– नागरिकको स्वास्थ्य सेवाका लागि माथिल्लो कर्णालीका विभिन्न जिल्ला हुँदै जुम्ला पुगेका डा. गोविन्द केसीले सत्याग्रह पुनः स्थगित गरेका छन् । कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि केही समयका लागि भन्दै उनले अनसन स्थगित गरेका हुन् ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित चिकित्साशास्त्र अध्यापन लगायतका मागहरु राख्दै जुम्लामा सत्याग्रह बस्न आएका थिए । उनले प्रेस विज्ञप्ती सार्वजनिक गरेर केही समयका लागि सत्याग्रह स्थगन गरेको जानकारी दिएका हुन् । डा. केसीले विज्ञप्तीमा भनेका छन्, ‘महामारी फैलिदै जाँदा जुम्लाबासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको छ ।’

यद्यपि सरकारले आफ्ना माग पुरा नगरे कुनैपनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिएका छन् । डा. केसीले विज्ञप्तीमार्फत यस्तो जोखिमको समयमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी तथा निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीहरुलाई नियमित सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

डा . केसीले गत साउन ११ गते जुम्लामा पत्रकार सम्मेलन गरेर ३ वुँदे माग सार्वजनिक गरेका थिए । चिकित्सा क्षेत्रका ति माग तीन साताभित्र पुरा गर्न सरकारलाई भनेका थिए ।

यसैगरी डा. केसीले साउन ३२ गते फेरि पत्रकार सम्मेलन गर्दै भदौ ११ गतेबाट सत्याग्रहको समय सारिएको थियो । भदौ ११ गते पनि डा. केसीले सत्याग्रह बस्ने वातावरण भएन । स्थानीय प्रशासनको अनुरोध भन्दै एकसाताका लागि सत्याग्रह सारेका केसीले विज्ञप्ती जारी गर्र्दै फेरि केहिसमयका लागि सत्याग्रह सारिएको जनाएका छन् ।

सरकारले भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तहको तीन विधाका पाँच सिट सञ्चालन गर्ने स्विकृत दिइसकेको छ । डेढ बर्षभित्र एमबीबीएस समेत पढाई हुनेमा दुईमत नभएको प्रतिष्ठानले जनाएको छ ।

यस्ता छन् डा. केसीका माग

डा. केसीका मागहरु पहिलो कर्णाली प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएस सञ्चाालन, गेटा मेडिकल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन सुरु गरिनुपर्ने, सरकारले २०७५ साल साउन १० गते गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका माग छन् ।

यस्तै, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुला तर्फ ७० प्रतिशत सीट कायम गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियूक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियूक्ति गरिनुपर्ने लगायतका मागहरु सार्वजनिक गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. गोविन्द केसी, #सत्याग्रह पुनः स्थगित


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ