२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४४५ सहित थप १२२८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ४४५ सहित थप १२२८ जनामा कोरोना पुष्टि


काठमाडौं–  काठमाडौं उपत्यकामा ४४५ सहित थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२२८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ९ सय १७ जना कोरोना निको भइ घर फर्किएका छन् । यससँगै नेपालमा २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन् ।
हाल नेपालमा १८ हजार ४१३ जना सक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ६७१ जना विभिन्न संस्थाले बनाएको आइसोलेसनमा छन् भने ७ हजार ७४२ जना होम आइसोलेसनमा छन् ।

नेपालमा १ सय ४१ जनाको कोरोना संक्रमितको आइसियुमा उपचार भैरहेको छ भने १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा १३ हजार ४१३ पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घन्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा चितवनकी ४० वर्षीया महिला, भक्तपुरकी ४० वर्षीया महिला, तनहुँकी ९२ वर्षीया महिला, रुपन्देहीकी ७७ वर्षीया महिला, सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुष र रुपन्देहीका ६५ वर्षीय पुरुष रहेको छन् । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ