२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसप्तरीमा थप दुईजना काेराेना संक्रमित मृत्यु

सप्तरीमा थप दुईजना काेराेना संक्रमित मृत्यु


जनकपुर– सप्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजगढ गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पुरुष र वडा नं. ७ निवासी ५५ वर्षीय पुरुषको धरनास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।

ज्वरो, रुघाखोकीको समस्या देखिएपछि ५५ वर्षीय पुरुष राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल गएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान ल्याइएकोे प्रमुख यादवले बताए । उनी राजविराजस्थित नेपाल टेलिकममा प्रशासन सहायक अधिकृतको रुपमा कार्यरत थिए ।

त्यस्तै, केही दिनअघि स्वास्थ्य समस्या आएपछि धरानमा उपचार गराइरहेका राजविराज ७ का ६५ वर्षीय पुरुषलाई उपचार अघि स्वाब लिइएको थियो । उनको रिपोर्ट पोजिटिभ आएपछि धरानमा उपचारको क्रममा बिहीबार मृत्यु भएको राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले वताए ।

स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार सप्तरीमा हालसम्म ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सप्तरीमा हालसम्म ८ जना कारोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ