२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४५४ सहित थप १३५९ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ४५४ सहित थप १३५९ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा ४ सय ५४ सहित थप १ हजार ३ सय ५९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज थप ४ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३५४ कोरोना निको भइ घर फर्किएका छन् । यससँगै नेपालमा २५ हजार ५ सय ६१ जना डिस्चार्ज भएका छन् ।

हाल नेपालमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ९४२ जना विभिन्न संस्थाले बनाएको आइसोलेसनमा छन् भने ७ हजार ४६२ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घन्टामा १३ हजार ६ सय ३८ पिसिआर परीक्षण भएको छ । नेपालमा १ सय ५१ जनाको कोरोना संक्रमितको आइसियुमा उपचार भैरहेको छ भने २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ८२, ६७, २२ वर्षीया तीन महिला रहेको छन् ।

त्यस्तै, चितवनकी ३४ वर्षीया महिला, ६७, २२ काठमाडौं चितवनकी ३५ वर्षीया महिला, सप्तरीका ५५, ५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्युठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष र सुर्खेतका ४२ पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ सय ७१ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ