२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडीडीएले रोकेको कम्पनीको रेम्डेसिभिर नेपाल सरकार अनुदानमा ल्याउँदैं

डीडीएले रोकेको कम्पनीको रेम्डेसिभिर नेपाल सरकार अनुदानमा ल्याउँदैं


काठमाडौं– कोभिड-१९ बाट गम्भीर संक्रमित भएका बिरामीका लागि उपयोग भनिएको रेम्डेसिभिर एन्टीभाइरल औषधी नेपालमा परीक्षणको लागि आयात गर्न औषधी व्यवस्था विभागले सूचना जारी ग¥यो । सो सूचनाअनुसार नेपाली औषधी आयातकर्ताहरुले बंगालादेश र भारतमा उत्पादित रेम्डेसिभिर एन्टी भाइरल ल्याउनका लागि निवेदन हाले ।

औषधी व्यवस्था विभागले गुणस्तरीयताको ग्यारेन्टी गर्न सक्ने समकक्षता प्रमाणित नभएको भन्दै नेपाली औषधी आयातकर्ताहरुलाई बंगलादेशमा उत्पादित रेम्डेसिभिर एन्टीभाइरल औषधी ल्याउनका लागि अनुमति दिइएन । तर, सरकारकै नियामक निकायले अस्वीकार गरेको बंगलादेशमा उत्पादित औषधी नेपाल सरकारले भने कोभिड—१९ का बिरामीमा परीक्षणको लागि अन्तिम चरणमा पुगेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मार्फत अध्ययन हुने सो औषधी बंगलादेशको बेक्सिम्को फर्मासिटिकल्सले उत्पादन गरेको हो । सो कम्पनीले नेपाल सरकारलाई ५ हजार भाइल निःशुल्क उपलब्ध गराएको छ । बंगलादेश सरकारमार्फत दिइएको सो औषधी बंगलादेशका लागि नेपाली राजदुत डा. वंशीधर मिश्रले बुझिसकेका छन् ।

‘नेपाल आज वा भोलि भित्रमा आइपुग्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, हिजो डिडिएले अनुमति नदिएको औषधी सिधै बिरामीमा परिक्षण गर्दा प्रश्न उठ्ने भएपछि त्यसलाई कसरी लैजाने भन्ने छलफल भइरहेको छ ।’

यसअघि सोही कम्पनीको औषधी ल्याउनका लागि नेपाली आयातकर्ताले औषधी व्यवस्था विभागमा आवेदन दिएका थिए । तर, बंगलादेशका कुनै पनि कम्पनीले रेम्डेसिभिर औषधीको मुख्य कम्पनी जिलार्ड फर्मासिटिकल्ससँग समकक्षता प्रमाणित गर्ने कागजात पेश नगरेको भन्दै स्वीकृती दिइएको थिएन । सरकारले नै ल्याइसकेपछि अनुसन्धानका लागि दर्ता गर्न समस्या नहुने विभागका महानिर्देशक नारायण ढकालले बताए । ‘बंगलादेशका कम्पनीको मुख्य कम्पनीसँगको समकक्षता प्रमाणित कागजात नभएका कारण अनुमति दिन सकिएको थिएन्,’ ढकालले हेल्थ आवाजसँग भने, ‘सरकारले नै ल्याएर अनुसन्धान गर्ने भएपछि दर्ता गर्न समस्या हुँदैन, हामी सहयोग गर्छौ ।’

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव प्रा.डा. प्रदीप ज्ञवालीले आफूहरु इथिक्सभन्दा बाहिर गएर परिक्षण नगरिने बताए । ‘रेम्डेसिभिर औषधी परिक्षणका लागि मन्त्रालयबाट अनुमति पाइसकेका छौं,’ उनले भने ‘जहाँसम्म औषधी व्यवस्था विभागमा दर्ता भएको औषधी भन्ने छ, त्यो गरेपछि मात्र परिक्षणमा जान्छ ।’

यसअघि औषधी व्यवस्था विभागले भारतको माइलन हेटेरो र सिप्ला कम्पनीले उत्पादन गर्दै आएको रेम्डेसिभिर ल्याउन यतिकम र हेविएस आयातकर्तालाई अनुमति दिएको थियो । तर, उनीहरुले नेपाल सरकारले मागे जति औषधी पु¥याउन नसकेको कोभिड—१९ को उपचारमा संलग्न चिकित्सकहरुले गुनासो गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ