२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३५४ सहित थप ९८० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ३५४ सहित थप ९८० जनामा कोरोना पुष्टि


काठमाडौं –  काठमाडौं उपत्यकामा ३५४ सहित थप ९ सय ८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ सय ८०  जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय ९० ललितपुरमा ३२ र भक्तपुरमा ३२  जना रहेका छन् ।

पछिल्लो २४ घन्टमा १ हजार ८ सय७४ जना  डिस्चार्ज भएका छन् । यस्तै, हालसम्म संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

त्यस्तै, आज थप ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका ४५ वर्षीय पुरुष र ६४ वृद्धा, झापाकी ४५ वर्षीया महिला, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय वृद्ध र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय पुरुष  रहेका छन् ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ