२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री क्वारेन्टिनमा

स्वास्थ्यमन्त्रीको परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री क्वारेन्टिनमा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका एक सदस्यलाई कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन् ।

मन्त्री ढकालले हेल्थआवाजसँग आफ्नो परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टिन बसेको पुष्टि गरे ।

‘मेरो परिवारका एक सदस्यमा कोरोना पुष्टि भएको छ,’ मन्त्री ढकालले भने, ‘परिवारमा सदस्यमा कोरोना देखिएपछि म क्वारेन्टिनमा छु ।’

परिवार सदस्यमा कोरोना पुष्टि भएपछि मन्त्री ढकाल मन्त्रालय आउन छाडेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ