२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च

मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च


काठमाडौं—सरकारले आठ रोगका लागि अनुदान दिएको छ । उक्त अनुदानमार्फत वर्षमा साढे दुई अर्ब रुपैयाँको सेवा बिरामीहरुले लिएका छन् । सेवा लिनेहरुमा अधिकांश क्यान्सरका बिरामी छन् । तर, उपचार खर्च भने मिर्गौला रोगका बिरामीहरुमा बढी भएको छ ।

स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखा प्रमुख रोशनीलक्ष्मी तुइतुइका अनुसार कुल बजेटको ५२ प्रतिशत मिर्गौला रोगका बिरामीको उपचारमा खर्च भएको छ । देशमा १८ मिर्गौला रोगका बिरामीले ५२ प्रतिशत खर्च गरेका छन् तर ४८ प्रतिशत क्यान्सरका बिरामीले २५.४ प्रतिशत खर्च गरेको तथ्यांकले देखाएको छ ।

सरकारी तथ्यांकअनुसार डायलाइसिसको सेवा लिने १२ हजार बिरामी छन् । तर, सेवा भने ५ हजार ६ सय ५७ जनाले मात्रै पाएका छन् । शैय्या अभावले गर्दा ६ हजार ३ सय ४३ जनाले डायलाइसिस सेवा लिन पाएका छैनन् । विभागका एक अधिकारीले भने, ‘जसले सेवा लिएका छन् । उनीहरुले चिकित्सकको सल्लाह मानेर दैनिक जीवन चलाएको खण्डमा आधा अरु बिरामीले सेवा पाउँथे । राज्यले दिएको सेवा सुविधा हो लिन पाइन्छ भन्ने भावनाले गर्दा अन्य बिरामी सेवा पाउनबाट बन्चित भएका छन् ।’

डायलाइसिस सेवा लिएका बिरामीहरुले समय—समयमा चिकित्सकलाई देखाउनु पर्छ । चिकित्सकको सल्लाह सुझावअनुसार डायलाइसिस सेवा क्रमसः कम गराउँदै लगिन्छ । तर, अहिले सेवा लिएकाहरु चिकित्सकलाई भेट्ने नपाउने, धुम्रपान तथा मद्यपान प्रशस्त गरेर पुनः सेवा लिन अस्पताल आउँदा समस्या भएको छ ।

खानपानमा विशेष ख्याल गरे हप्ताको दुई पटक डायलाइसिस गर्दा पुग्छ । बाँकी समय अरुले सेवा लिन सक्थे । यता क्यान्सरका कतिपय बिरामी भने उपचार पाएको खण्डमा निको हुन्छन् । उनीहरुको उपचारका लागि भने रकम अभाव भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ