२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३२६ सहित थप ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ३२६ सहित थप ९७९ जनामा कोरोना पुष्टि


काठमाडौं –  काठमाडौं उपत्यकामा ३२६ सहित थप ९ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९७९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा ९ सय ७९ नयाँ केस देखिएसँगै नेपालमा संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ ।

सोमबार काठमाडौंमा २ सय ९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना संक्रमित थपिएका छन्।

यस्तै, पछिल्लो २४ घन्टमा १ हजार ७ सय ३६ डिस्चार्ज भएका छन् । हालसम्म गरेर ३० हजार ६ सय ७७  जना संक्रमण मुक्त भएका छन्। हाल आइसियुमा  १७१ संक्रमित उपचाररत छन् ।

त्यस्तै, आज थप ११ जनाको मृत्यु भएको छ। जसमध्ये पुरुष ७ जना र महिला ४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ।

कुन प्रदेशमा थपिए कति संक्रमित ?

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ