२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएन्जाइटी र डिप्रेसन कम हुने काम गर्न प्रधानमन्त्रीको निर्देशन

एन्जाइटी र डिप्रेसन कम हुने काम गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मनोचिकित्सकहरुसँग छलफल गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा करिब ३ घण्टा मनोचिकित्सकसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले मनोचिकित्सकहरुलाई कोभिड–१९ बाट निम्तिन सक्ने मानसिक समस्यालाई रोक्नका लागि देखिने गरी काम गर्न निर्देशन दिएको मानसिक अस्पतालका बरिष्ठ मनोचिकित्सक अनन्त अधिकारीले जानकारी दिए । यसका साथै प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट मनोपरामर्श दिने खालका कार्यक्रम बनाउन निर्देशन दिएका छन् ।

छलफलका क्रममा डा. अधिकारीले मानसिक अस्पतालको अहिलेको अवस्था र अस्पतालले बनाएको गुरुयोजनाका बारेमा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए । त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको उनले बताए ।

छलफलमा प्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सचिव लक्ष्मण अर्याल, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम, प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, जनस्वास्थ्य विद् डा. भीम सापकोटा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. फणिन्द्र बराललगायत सहभागी थिए ।

त्यस्तै, मनोचिकित्सकहरुमा मानसिक अस्पतालका वरिष्ट मनोचिकित्सक डा. अनन्त अधिकारी, साइक्रयाटिक्स एसोसियसन नेपालका अध्यक्ष प्रा.डा. सुदर्शननरसिंह प्रधान, क्लिनिकल साइकोलोजिस्ट एसोसिएसनको तर्फबाट डा. पशुपति महत, त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सरोज ओझा र डा. सगुनबल्लभ पन्तलगायतको सहभागिता रहेको थियो ।

छलफलका क्रममा साइक्राइटिस्ट एसोसिएसन नेपालका अध्यक्ष प्रा.डा सुदर्शननरसिंह प्रधानले पावर प्वाइन्ट प्रिजेन्टेसन गरेका थिए । उनले नेपालको मानसिक स्वास्थ्यको वर्तमान अवस्थाबारे प्रकाश पारे । साथै, भावि दिनमा गर्नुपर्ने कामको योजना पनि अघि सारेका छन् ।

यस्तै, डा. पशुपति महतले क्लिनिकल साइकोलोजिस्ट एशोसिएसनले अहिले गरेको काम र अहिले मनोपरामर्श कसरी सञ्चालन भैरहेको छ भन्नेबारे प्रस्तुती राखेका थिए । यस्तै, मनोपरामर्शका क्रममा देखिएका समस्याका बारेमा पनि प्रधानमन्त्रीसमक्ष बताएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ