२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३९६ सहित थप९०२ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ३९६ सहित थप९०२ जनामा कोरोना पुष्टि


काठमाडौं –  काठमाडौं उपत्यकामा ३९६ सहित थप ९ सय २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा जनामा ९ सय २ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा ९ सय २ नयाँ केस देखिएसँगै नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । मंगलबार मात्रै काठमाडौंमा ३०० जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका छन्।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ३८ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । हालसम्म गरेर ३२ हजार ९ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा १ सय ४४ संक्रमित उपचाररत छन् । भने भेन्टिलेटरमा २३ जना संक्रमितको उपचार भैरहेको  छ ।

त्यस्तै, आज थप ६ जनाको मृत्यु भएको छ। जसमध्ये पुरुष ५ र महिला १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६  पुगेको छ।

कुन प्रदेशमा कति थपिए संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ