२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट

ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट


काठमाडौं–धुम्वाराहीस्थित रहेको ह्याम्स अस्पतालको पिसिआर ल्यावले गलत रिपोर्ट दिएको पाइएको छ । ह्याम्स अस्पताको पिसिआर ल्याबमा चार दिनअघि जाँच गरिएको स्वाबमा त्यस्तो गलत रिपोर्ट पाइएको हो ।

कोभिड—१९ शकास्पद एक ३४ वर्षीय व्यक्तिको नाक र मुख दुवै स्थानबाट स्वाब लिएर परिक्षण गरिएको थियो । उक्त स्वाबको परीक्षण रिपोर्टमा कोभिड—१९ भाइरसको जिन नदेखिएतापनि रिपोर्ट भने ‘सार्स कोभिड भाइरस २ पोजेटिभ’ भनेर दिइएको छ ।

ती व्यक्तिलाई उपलब्ध गराइएको रिपोर्टमा इ जिन र ओआरएफ ल्याव जिन जाँच गरिएको छ । ती दुवै जिन नपाइएको भनेर रिपोर्टमा उल्लेख छ तर सोही रिपोर्टमा सार्स सिओभी २ भने पोजेटिभ लेखिएको छ । सो रिपोर्टलाई अस्पतालका माइक्रो बाइलोजिष्ट कन्चनकुमार ओझाले प्रमाणिकरण गरेका छन् ।

अस्पतालले उक्त व्यक्ति कोरोना पोजेटिभ भएको भन्दैं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पनि रिपोर्ट गरिसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. रुना झाले परीक्षण गर्दा स्वाबमा भाइरस जिन नदेखिए त्यो कोभिड नेगेटिभ रिपोर्ट हुने बताइन् । ‘स्वाब परीक्षण गर्दा कोभिड भाइरसको जिन नदेखिए त्यो रिपोर्ट नेगेटीभ हो,’ उनले भनिन् ।

फल्ट रिपोर्टका विषयमा कुरा गर्न अस्पतालका कार्यकारी निर्देशक डा. जोतेन्द्र शर्मासँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

कोभिड—१९ को शंका गरी परीक्षण गर्नेहरुले पोजेटिभ रिपोर्टमा आएमा आफ्नो रिपोर्ट हेर्न नपाउने सरकारले नियम बनाएको छ । पोजेटिभ आएका भनिएका व्यक्तिहरुले आफू पोजेटिभ आएको भन्ने जानकारी इडिसिडीमार्फत पाउँछन् तर पूर्ण रिपोर्ट भने हेर्न पाउँदैनन् ।

ह्याम्स ल्याबले दिएको गलत रिपोर्ट

जसले गर्दा गलत मनसाय भएका अस्पताल र ल्यावले नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई पोजेटिभ बनाएर रिपोर्ट दिन सक्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका अनुवांशिक वैज्ञानिक डा. गिरीराज त्रिपाठी बताउँछन् । ‘व्यक्तिले आफ्नो परीक्षणको रिपोर्ट नपाउने संसारमा कही नियम हुँदैन्,’ उनले भने ‘रोग शंका लागेपछि गरिएको परीक्षणको रिपोर्ट पाउनु उसको अधिकार हो ।’

पोजेटिभ रिपोर्ट आएका भनिएका बिरामीले आफ्नो रिपोर्ट हेर्न नपाउने हुँदा अस्पतालहरुले गलत रिपोर्ट बनाएर दिन्छन् भन्ने अनुमानलाई यो रिपोर्टले झन बलियो बनाएकोे उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ