२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगम्भीर कोरोना संक्रमित बचाउन डाक्टरले नै दिइन् ‘प्लाज्मा’

गम्भीर कोरोना संक्रमित बचाउन डाक्टरले नै दिइन् ‘प्लाज्मा’


काठमाडौं—आईसीयुमा रहेका कोभिड—१९ का गम्भीर संक्रमितलाई बचाउन चिकित्सकले प्लाज्मा दान गरेकी छिन् । ह्याम्स अस्पतालको आईसीयुमा उपचारत एक कोरोना संक्रमितलाई ओ–नेगेटिभ रक्त समूह प्लाज्मा आवश्यक भएपछि कोरोना संक्रमणमुक्त भएकी डा. स्टोरी पोखरेलले बिहिबारका ग्राण्डी अस्पताल पुगेर प्लाज्मा दान गरेकी हुन् । 

बिरामीलाई प्लाज्मा आवश्यक भएको खबर रोटरी क्लब अफ काठमाडौं हेल्थ प्रोफेसनलमार्फत पाएपछि उनी प्लाज्मा दिन तयार भएकी थिइन् । बिरामीको अवस्थाबारे जानकारी दिंदा डा। पोखरेल सजिलै प्लाज्मा–डोनेटको निम्ति तयार भएको रोटरी क्लब अफ काठमाडौं हेल्थ प्रोफेसनलका चिकित्सक डा. विवेचन थापाले बताए ।

‘हामीले उहाँलाई बिरामीको अवस्थाबारे जानकारी गराउदा उहाँले सजिलै आफू प्लाज्मा डोनेटको निम्ति तयार रहेको बताउनु भएपछि हामीले उहाँको जानकारी सम्बन्धित निकायसम्म पु¥याएका थियौं,’ उनले भने ।

प्लाज्मादात्ता चिकित्सक पोखरेल निदान अस्पतालमा कार्यरत छन् । कोरोना महामारीमा पनि सेवा दिन अहोरात्र खटिने क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १४ दिनअघि कोरोना संक्रमणमुक्त भएकी हुन् ।

प्लाज्मा दान गर्दै डा. पोखरेल

चिकित्सकले नै प्लाज्मा–डोनेट गर्ने कार्य आफैमा प्रशंसनीय भएको डा. थापाले बताए । प्लाज्मा दिन डराउने संक्रमणमुक्त भएकाहरुका लागि यो एक गतिलो उदाहरण समेत रहेको बताउँदै उनले भने, ‘यो काम वास्तवमै सह्रानीय छ । र, यसरी प्रत्येक कोरोना संक्रमणमुक्त व्यक्तिले आफ्ना प्लाज्मा दान गरेमा धेरै संक्रमितले नयाँ जीवनसमेत पाउनेछन् ।’

कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लब अफ काठमाडौं हेल्थ प्रोफेसनलले ‘रोटरी प्लाज्मा बैंक’ नामक प्रोजेक्ट सञ्चालनमा ल्याएका छन् । कोरोना संक्रमणमुक्त भई प्लाज्मा डोनेटका लागि इच्छुक व्यक्तिले यहाँ सम्पर्क राख्न सक्ने बताउदै उनले यसका लागि हटलाइन टेलिफोन ११४७ नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ