२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा थपिए ६९६ नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६९६ नयाँ संक्रमित


काठमाडौं – काठमाडौं उपत्यकामा ६९६ सहित थप १ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५४ केस देखिएसँगै नेपालमा संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।

शुक्रबार मात्रै काठमाडौंमा ६ सय २०  , ललितपुरमा ३८  र भक्तपुरमा ३८  संक्रमित थपिएका छन्।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा९ सय ७२ डिस्चार्ज भएका छन् । हालसम्म गरेर संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा १७० संक्रमित उपचाररत छन् । भने भेन्टिलेटरमा २५ संक्रमितको उपचार भैरहेको  छ ।

त्यस्तै, आज थप ५ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १ महिला र ४ पुरुष छन् ।  यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको छ ।

कुन प्रदेशमा थपिए कति संक्रमित ?

 

 

 

 

 

 

 

 

 

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ