२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगैर कानुनीरुपमा ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न न्याम्स कर्मचारी युनियनको माग

गैर कानुनीरुपमा ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न न्याम्स कर्मचारी युनियनको माग


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गैर कानुनीरुपमा (न्याम्स)को ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले माग गरेको छ। शुक्रबार प्रतिष्ठानले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई गैर कानुनीरुपमा मन्त्रालयले सर्वे गरेको आरोप लगाउँदै उक्त सर्वे तत्काल खारेज गर्न माग गरेको हो।

विज्ञप्तीमा भनिएको छ, ‘ मन्त्रालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई गैर कानुनीरुपमा न्याम्सको ओएनएम सर्वे स्वीकृतिको लागि मन्त्रिपरिषदमा जाँदैछ भन्ने आधिकारिक व्यक्तिबाट विषयवस्तु बाहिर आएकोले सो सर्वे खारेज गरी स्वायत्तत सँस्थामाथि हस्तक्षेप बन्द गरियोस।’ न्याम्सका कर्मचारीहरुले मन्त्रालयले गरेको सो कदम मान्य छैन भन्दै विरोध गरिरहेका छन् ।

गत वैशाख १४ गते अत्यावश्यक सेवा बाहेक संगठन र व्यवस्थापनको सर्वेक्षण स्थगित गरिएको कारणले पनि सो सर्वेक्षण गैरकानुनी रहेको प्रतिष्ठानको मत छ। यसको साथै प्रतिष्ठानले न्याम्सलाई नै सो सर्वेक्षण गर्न निर्देशन दिन समेत अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ