२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६४९ पालिकामा ५ वेडका कोरोना अस्पताल चलाउन १०/१० लाख निकासा (पालिकाको सूचीसहित)

६४९ पालिकामा ५ वेडका कोरोना अस्पताल चलाउन १०/१० लाख निकासा (पालिकाको सूचीसहित)


काठमाडौं–सरकारले कोभिड—१९ महामारी बढ्ने आँकलन गरी बिरामीको उपचार गर्न अस्पताल नभएका पालिकाहरुमा तत्काल ५ वेडको अस्पताल बनाउन १० लाखका दरले पैसा निकासा गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट खर्च हुने गरी सबै स्थानीय तहलाई पैसा निकासा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिदिन समेत भनेको छ । मन्त्रालयले स्थायी अस्पताल नभएका ६ सय ४९ स्थानीय तहलाई तत्काल अस्पताल सुरु गर्न पत्रचार गरेको हो ।

तत्काललाई एक चिकित्सक दुई नर्स र १ जना कार्यालय सहायक राखेर अस्पताल संचालन गर्न निर्देशिका बनाइएको छ । प्रति वेड २ लाखका दरले रकम निकासा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिए ।

जसमा वेडका लागि ५ लाख, औषधिका लागि ५० हजार र चिकित्सक नर्स र कर्मचारीको तलब ४ लाख ४० हजार तोकिएको छ । जुन बजेट तीन महिनाका लागि छुट्याइएको छ । कार्य प्रगतिको आधारमा बजेट थप गर्दै जाने उल्लेख छ ।

सरकारी अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा रहेका आधारभूत प्रथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुदायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड—१९ का बिरामीको उपचार व्यवस्थापन गर्न यी अस्पताल संचालन हुने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ