२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा १० घण्टाभित्र ४ जना कोरोना संक्रमित मृत्यु

त्रिवि शिक्षण अस्पतालमा १० घण्टाभित्र ४ जना कोरोना संक्रमित मृत्यु


काठमाडौं–त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १० घण्टाभित्र कोभिड—१९ का कारण ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सबै ६० वर्ष माथिका रहेको अस्पतालको कोभिड—१९ व्यवस्थापन टिमका चिकित्सक डा. सविन थपलियाले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा शनिबार साँझ ४ बजे काठमाडौंका ७० वर्षीया पुरुषको मृत्यु भएको हो । उनी हृदयरोगका कारण उपचार गर्न आएका थिए । उनमा कोभिड—१९ पोजेटिभ देखिएपछि आईसीयुमा राखेर भर्ना गरेर उपचार गरी राखिएको थियो ।

राति ११ः१५ काठमाडौंकै ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी सुगर र प्रेसरका बिरामी थिए ।

सिन्धुपाल्चोकका ६९ वर्षीय पुरुषको कोभिड निमोनियाका कारण आइतबार १२ः३५ मा मृत्यु भएको डा. थपलियाले जानकारी दिए ।

त्यस्तै, आइतबार विहान २ बजे काठमाडौकै ६४ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । उनी मिर्गौलाका बिरामी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ