२०८१ कात्तिक २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा ९ संक्रमितको मृत्यु, काठमाडौँका मात्रै ६ जना

एकैदिनमा ९ संक्रमितको मृत्यु, काठमाडौँका मात्रै ६ जना


काठमाडौं–  थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ जना पुरुष र ३ जना महिला गरेर ९ जना संक्रमितको मृत्यु भएको हो।

मन्त्रलायका अनुसार मृत्यु हुनेमा काठमाडौँका मात्रै ६ जना रहेका छन्। जसमध्ये ६५ वर्षीया दुई वृद्धा, ६९ वर्षीय वृद्ध, ७० वर्षीय वृद्ध, ६४ वर्षीय वृद्ध, र २ जना ५९ वर्षीय पुरुष रहेका छन्। यस्तै, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष, कास्कीकी ४५ वर्षीया महिला संक्रमितको पनि मृत्यु भएको छ।

आइतबार थप ९ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ सय ४५ पुगेको छ। संक्रमितहुनेहरुबाट मृत्यु हुने प्रतिशत ०.६४ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ