२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलगातार उकालोमा म्याग्नस फर्मा, नेक्स्ट इयर टार्गेट १०० करोड क्लब

लगातार उकालोमा म्याग्नस फर्मा, नेक्स्ट इयर टार्गेट १०० करोड क्लब


१० वर्षे सशस्त्र युद्धबाट नेपालमा शान्तिकालमा प्रवेश गर्दै थियो । त्यही बेला वीरगन्जका केही उत्साहित युवा उद्यमीहरु केही गरौं भन्ने मनसायले एकजुट भए । त्यो युवा समूहमा औषधि उद्योगसँग सम्बन्धित पनि थिए । त्यही क्रममा धेरै छलफलपछि युवा उद्यमीहरुको समूहले वि.सं. २०६५ सालमा औषधि कम्पनी स्थापना गर्ने टुंगो लगाए । औषधि उत्पादन गर्ने कम्पनी खोल्ने योजना त बन्यो ।

त्यही शिलशिलामा नेपाली औषधि बजार बुझेका सुधीरप्रकाश मास्के जोडिए । ‘त्यतिबेला उहाँहरु उधोग बनाउँदैं हुनुहुन्थ्यो,’ म्याग्नसका सेयर होल्डर समेत रहेका मार्केटिङ डाइरेक्टर मास्के सम्झन्छन्, ‘मलाई पनि प्रमोटरका रुपमा ज्वाइन गर्न आग्रह गर्नुभयो ।’ उक्त प्रस्ताव मास्केले मन प¥यो । उनले सजिलै स्वीकार गरिहाले । २० जना प्रमोटर टिम भयो । नेपालमा उधोग पनि चलाउने र केही सर्भिस पनि दिने उद्देश्यका साथ म्याग्नस फर्मा प्रा.लि. सुरुवात गरिएको मास्के बताउँछन् ।

कन्स्ट्रक्सनसम्मको समयलाई जोड्ने हो भने म्याग्नस सुरु भएको १२ वर्ष भयो । कन्स्ट्रक्सनमा लागेका दुई वर्ष घटाउने हो भने कम्पनीले उत्पादन नै सुरु गरेको केवल १० वर्ष भयो । औषधि उधोगमा उदाउँदो कम्पनी म्याग्नस फर्मा प्रा. लि. २२ करोड लगानीमा सुरु भएको हो । फ्याक्टीदेखि बजारसम्म झण्डै ३५—४० जना जनशक्तिलाई लिएर दुई—तीन वटा प्रोडक्टबाट सुरु भएको उक्त कम्पनी १० वर्षको छोटो अवधिमै अहिले झण्डै ३ सय कर्मचारी र १ सय बढी प्रोडक्टहरुसम्म पुगेको छ ।

‘नेपाल आइसकेको प्रोडक्ट नल्याउने, नेपालमा नभएको र विदेशी कम्पनीमाथि डिपेन्डेन्ट औषधिहरु अनुसन्धान गरेर उत्पादन गर्न हामीले कम्पनी सुरु गरेका थियौं,’ मास्के भन्छन् । फरक र नवीन सोचका साथ सुरु गरिएको म्याग्नसको फैलावट पनि त्यही गतिमा अगाडि बढ्यो । उत्पादन सुरु गरेको एक वर्षमै ७—८ वटा प्रोडक्टहरुको उत्पादन सुरु ग¥यो । त्यसपछि वर्षहरुमा पनि नयाँ प्रोडक्टहरु थप्ने र फरक क्षेत्रमा जोखिम लिने सोचकै कारण कम्पनीमा नयाँ—नयाँ प्रोडक्टहरु थपिदैं गए । परिणाम नै मान्नुपर्छ, १० वर्ष बित्दा अहिले म्याग्नसका १ सय बढी प्रोडक्टहरु बजारमा छन् ।

१० वर्षमा ८० करोड टर्न ओभर, चालु आ.व. को लक्ष्य १०० करोड क्लब

१ सय बढी प्रोडक्ट । झण्डै ३ सय जनाको ठूलो टिम । बजारमा देखिएको उपस्थिती । लगातार अपेक्षित प्रतिफल र ग्रोथ । म्याग्नस फर्माले प्रा.लि. पछिल्लो १० वर्षमा औषधि उधोगमा मारेको छलाङ हो ।

यो सफलताको मुख्य कारक के हो त ? म्याग्नस सुरु गर्दैगर्दा यसका सन्चालकहरुले कम्पनी कसरी चल्छ भन्ने कुरामा विशेष ध्यान दिए । मुख्य चार वटा कुरालाई उनीहरुले विशेष ख्याल गरे । ती थिए—‘बजारमा भइरहेका कम्पनीभन्दा म्याग्नस कसरी फरक छ, अरुभन्दा नौलो के प्रोडक्ट छ, के फरक प्रोडक्ट दिने, कस्तो सर्भिस दिने ?’ विशेष अर्थ राख्ने यी कुरामा राखिएको विशेष ख्यालकै कारण म्याग्नसले बजारमा चाडो—चाडो गति समात्यो ।

‘हामीले भइरहेकाभन्दा भिन्न किसिमले नयाँ—नयाँ प्रोडक्ट बजारमा ल्यायौं,’ मास्के भन्छन्, ‘औषधि एकदमैं संवेदशील चीज भएकाले हामीले क्वालिटीमा कम्प्रोमाइज गरेनौं ।’ इन्फ्रास्टक्चर, ल्याब र जनशक्तिमा प्रशस्त पैसा खर्च म्याग्नसले लगानी गर्न कन्जुसाइ गरेन । ‘यसले म्याग्नसको सोलिट किसिमको फाउण्डेसन तयार भयो,’ उनले सुनाए, ‘नयाँ—नयाँ औषधिहरु बनाउँदैं जाँदा रेस्पोन्स पनि राम्रो हुँदैं गयो ।’

त्यसैले त नेपाली औषधि उधोगको इतिहासमा निरन्तर एकै किसिमले ग्रो गर्ने म्याग्नस पहिलो कम्पनी हो । ‘विगत ११ वर्षदेखि प्रत्येक वर्ष हामीले २५ प्रतिशतका दरले ग्रो गरिरहेका छौं,’ उनी सुनाउँछन्, ‘हाम्रो लगातार कन्स्ट्यान्ट ग्रोथ छ ।’ अहिले झण्डै ३ सय जनशक्तिलाई म्याग्नसले रोजगारी दिएको छ । जसमा अधिकांश युनिभर्सिटीका ग्राजुयटहरु छन् । ‘फ्याक्ट्रीमा हाइली टेक्नीकल मान्छेहरु हुन्छन्, मार्केटिङमा पनि साइन्स ग्राजुयटहरु छन्,’ उनी भन्छन्, ‘हाम्रो देशको क्रिम रिसोर्सलाई हामीले रोजगारी दिएका छौं । अरु नाफाघाटा भन्ने कुरा भइरहने कुरा हो ।’ उनी देशको झण्डै ३ सय जना क्रिम म्यानपावरलाई रिटेन गर्न सकेकोमा सन्तोष व्यक्त गर्छन् ।

नेपालका आयातमुखी अर्थतन्त्र भएको नेपालको औषधि बजारको ५५ प्रतिशत हिस्सा विदेशी कम्पनीका औषधिको छ । म्याग्नसले त्यसलाई प्रतिस्थापन गर्ने गरी देशमा नबनेका नयाँ—नयाँ औषधिहरु बजारमा ल्याइरहेको छ । म्याग्नस अहिले १ सय बढी औषधि उत्पादन गरिरहेको छ । ‘जसमध्ये ८० प्रतिशत औषधि नेपालमा नेपाली उधोगले पहिलोपल्ट ल्याएका औषधि छन्,’ उनले भने । सिटागिलिपटीन, डोनोपेजिल, ओलमेर्सटन, ओरलिष्टेट त म्याग्नसले नेपालमै पहिलोपटक इन्टरड्युस गरेका औषधि हुन् । ‘हामीले नवीन एक्सपेरिमेन्ट ग¥यौं, रिस्क पनि लियौं । तर, भाग्यवस सबै कुरा राम्रो भएपछि त्यसमा सफल पनि भयौं,’ उनी थप्छन् ।

म्याग्नसको अर्को सुन्दर पक्ष राम्रो फ्याक्ट्री, क्वालिटी प्रोडक्टसँगै ह्युमन रिसोर्स सन्तुष्टीलाई बढी ख्याल राख्नु हो । ‘ह्युमन रिसोर्स सबैभन्दा ठूलो रिसोर्स हो,’ मास्के भन्छन्, ‘कुनै पनि फ्याक्टी चलाउने सबैभन्दा ठूलो सेक्रेट भनेको ह्युमन रिसोर्स हो ।’ त्यसका लागि ह्युमन रिसोर्सको ट्याकल, म्यानेजमेन्ट र उनीहरुको सन्तुष्टी ध्यान दिनुपर्ने उनले बताए । दुःखी र असन्तुष्ट कर्मचारीले आउटपुट दिन नसक्ने बताउँदैं उनी कम्पनी प्रोफिटमा लिनका लागि उनीहरुलाई सन्तुष्ट र खुसी राख्नुपर्ने बताउँछन् । ‘सबै तहका कर्मचारीहरुलाई खुसी पार्न सकियो र उनीहरुले मन लगाएर काम गरे भने हामीले प्रोफिट पाउने हो,’ उनी फाइदा फर्मुला सुनाउँछन् ।

त्यही कारण लगातार प्रतिफल दिइरहेको बताउँदैं उनी म्याग्नस अहिले आधा दर्जन डिभिजनमा विस्तार भएको उल्लेख गर्छन् । गत आर्थिक वर्षमात्रै म्याग्नसले ८० करोडको टर्न ओभर गरेको थियो । ‘देशका सबै आर्थिक सूचकहरु नेगेटिभ रहेका बेला गत आर्थिक वर्षमा पनि हामीले आफ्नो डिजाइन टार्गेट पूरा ग¥यौं,’ मास्के सन्तुष्ट देखिए, ‘लाष्ट इयर ८० करोड टर्न ओभर ग¥यौं । यो वर्ष १०० करोड पु¥याउने हाम्रो लक्ष्य हो ।’ नेपालबाट विदेशमा औषधि पठाउन निकै गाह्रो छ । यसका बाबजुद पनि म्याग्नसले दुई वटा देशमा औषधि निर्यात गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ ।

नेपालमा औषधि उधोग : सम्भावना र चुनौती

औषधि हाइटेक प्रोडक्ट हो । त्यसैले यसको उत्पादनमा पनि थुप्रै चुनौती हुन्छन् । मेडिकल साइन्स नै छिटो—छिटो परिवर्तन भैरहने र टेक्नोलोजीमा आधारित उधोग भएकाले नेपालजस्ता विकासोन्मुख देशहरुमा अझै धेरै अप्ठ्याराहरु छन् ।

‘हामी दुई वटा ठूला छिमेकीको बीचमा रहेको सानो देश हौं,’ मास्के भन्छन्, ‘परम्परागत रुपमा हामी औषधिमा भारतमाथि भएको निर्भरता तोड्न गाह्रो छ ।’ लामो समयदेखि नेपाली मार्केटमा चलिहरेको उनीहरुको चलखेल, पकड, खुला बोर्डर पनि यसका लागि चुनौतीका विषय हुन् । यिनै कारण नेपालजस्तो देशले हाइटेक प्रोडक्टमा भारतजस्तो ठूलो देशसँग सिधा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था पक्कै पनि चुनौतीपूर्ण छ ।

नेपाली औषधि उधोगको अर्को ठूलो च्यालेन्ज भनेको मुलुकभित्रै सरकारको स्पष्ट नीति र योजना नहुनु पनि हो । ‘यहाँ पैसा लगाउने मान्छेहरु पनि छन्, सबै कुरा छ,’ मास्के सुनाउँछन्, ‘तर, सरकारले त्यो खालको यो उधोगमैत्री स्पष्ट नीति लिनुपर्छ ।’ तर, नेपालमा त्यो वातावरण नहुँदा जेननेत सर्भाइभ गर्नुपर्ने अवस्था रहेको उनले बताए । उधोगमैत्री वातावरण बनाएर म्यासेज दिन सकिएमा नेपालमा उधोग खुल्ने, मानिसहरुले रोजगारी पाउने, देश समुन्नत हुने र विकासले गति लिने उनी बताउँछन् ।

यो कुरामा राजनीतिक अगुवाहरुले अर्जुनदृष्टि लगाउनुपर्ने देखिन्छ । ‘राज्यले त्यस्तो परिस्थिती सिर्जना गरिदिनुप¥यो,’ उनी भन्छन्, ‘जसले नेपालमा उधोग खोल्न मान्छेलाई उत्प्रेरणा मिलोस् । यहाँमा मानिसहरुले रोजगारी पाउन । देशको अर्थतन्त्र पनि राम्रो हुन्छ ।’ आयातमा आधारित अर्थतन्त्रलाई जबसम्म परिवर्तन गर्न सकिदैंन्, तबसम्म मुलुकको स्थायी विकास नहुने धारणा उनले व्यक्त गरे । नेपालभित्रै रहेका र संसारभर छरिएर रहेका नेपालीहरुले लगानी गर्न आतुर छन् । तर, लगानीकर्ता आकर्षित गर्नका लागि राजनीतिक नेृतत्वमा त्यहीअनुसारका सोच, कमिटमेन्ट, लगाव, इमान्दारिता र इच्छाशक्ति आवश्यकता उनी देख्छन् । ‘हामीसँग पर्यटन, हाइड्रो, कृषि, बायोडाइभर्सिटी सबै रिसोर्स छ । तर, पोलिसी तहमा एक्स्पोलर गर्ने इच्छाशक्ति र भिजनरी नेतृत्वको आवश्यकता छ,’ मास्के भन्छन् ।

अहिलेको विश्वमा टेक्नोलोजीमा ट्रान्सफर्मेसन भएकाले औषधिमा पनि नेपालको सम्भावना बढेको उनले बताए । यातायात, सञ्चारजस्ता कारणले विश्वलाई एउटा गाउँ परिणत भएको उल्लेख गर्दै उनले काम गर्ने चाहेमा सकिने बताए । ‘अहिले कोभिड—१९ को भ्याक्सिन कसले बनाइदेला भनेर हामी हेरेर बसेका छौं,’ उनी भन्छन्, ‘हामीले पनि बनाउन सक्छौं, त्यति सक्षमता हामीले पनि विकास गर्न सक्छौं । यो सरकार गर्नुपर्छ भन्ने पनि छैन । तर, सरकारले फेबरेबल पोलिसी बनाइदेओस ।’ उनी युरोप, अमेरिकामा बन्ने कुनै पनि औषधि नेपालमा पनि बन्न सक्दैन भनेर कसैले भन्न नसकिने बताउँछन् ।

चीनले संसारभर औषधिका लागि चाहिने कच्चा पदार्थ सप्लाई गर्छ भने भारतले संसारभर औषधि पठाउँछ । दुवै देशका यी विशेषतालाई वैज्ञानिक योजनाअनुरुप नेपालले आफू अनुकूल उपयोग गरेर फाइदा लिन सकिने सम्भावना पनि उनी प्रशस्त देख्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ