२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६७६ सहित थप १४५९ जना कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ६७६ सहित थप १४५९ जना कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय ७६ सहित थप १ हजार ४ सय ५९ सहित थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना रहेका छन् ।

नेपालमा हाल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। जसमध्ये हाल १५ हजार ७  सय ७९   सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा १ हजार ६२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।

हाल नेपालमा १ सय ७४ जना आइसियु र २८ जना भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ