काठमाडौँ – चिकित्सा शिक्षा आयोगले एक वर्षको अबधिमा आफुले गरेको मुख्य कार्यहरुको समिक्षा सार्वजनिक गरेको छ। हालसम्म आयोगले गरेका कार्यहरु अवागत गराउंदै आएको र यसरी कार्यहरु प्रस्तुत गर्दा कार्य संचालन थप प्रभावकारी हुँदै जाने भन्दै मंगलबार एक वर्षको अबधिमा भएका कार्यहरु सार्वजनिक गरेको आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले जनाएका हुन्।
यी हुन् २०७६/७७मा आयोगले गरेका कार्य :-
१. आयोगको भवन र कर्मचारी व्यस्थापन कार्य,
२. चिकित्सा शिक्षा नियमावली तर्जुमा,
३. शुल्क निर्धारण,
४. छात्रावृति वितरण,
५.एकीकृत प्रदेश परीक्षा,
६. शैक्षिक क्यालेन्डर निर्माण,
७. अनुगमन मुल्यांकन पद्दति तथा मापदण्ड निर्माण गर्ने कार्य,
८. स्वास्थ्य शिक्षा व्यवस्थापन तथा सूचना प्रणाली,
९. बढी शुल्क फिर्ता तथा समायोजन,
१०. नेशनल बोर्ड अफ मेडिकल स्पेस्यालिटिज सम्बन्धी कार्य,
११. जर्नल तथा बुलेटिन प्रकाशन,
१२. मापदण्ड, कार्यविधि र निर्देशिका निर्माण,
१३. प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम फेजआउट सन्दर्भमा,
१४. प्रमाणपत्र तहका कार्यक्रम फेजआउट सन्दर्भमा,
१५. एन कार्यान्यवन सम्बन्धमा,
१६. निर्देशिका तथा विज्ञप्ति सम्प्रेषण,