२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा १५ सयभन्दा बढीमा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु

एकैदिनमा १५ सयभन्दा बढीमा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु


काठमाडौं – एकैपटक १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको हो।

बुधबार नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ। यता, नेपालमा कोरोनाबाट हालसम्म ३सय ७९ जनाको मृत्यु भएको छ। आज मात्रै थप ८ संक्रमितले ज्यान गुमाएका छन्।

कुन प्रदेशमा कति थपिए संक्रमित ?

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ