२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकांग्रेस महामन्त्री डा. शशांकलाई रेम्डेसिभिर दिन सुरु, स्वास्थ्य गम्भीर तर स्थिर

कांग्रेस महामन्त्री डा. शशांकलाई रेम्डेसिभिर दिन सुरु, स्वास्थ्य गम्भीर तर स्थिर


काठमाडौं—नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको ओम अस्पतालले जनाएको छ । कोरोना भाइरस संक्रमण भएपछि कोइराला उपचारका लागि मंगलबार ओम अस्पताल भर्ना भएका थिए । उनको आईसीयुको सहायतामा चिकित्सकहरुले उपचार गरिरहेका छन् ।

सामान्य स्वास्थ्य जाँच गराउन मंगलबार ओम अस्पताल पुगेका कोइरालाको स्वास्थ्य सूचक खराब भएको देखिएपछि चिकित्सकले तत्काल भर्ना गरेका थिए ।

अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले डा. कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयुमा राखेर उपचार सुरु गरेको बताए । ‘उहाँ मंगलबार बिहान सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल आउनुभयो,’ कार्कीले भने, ‘हामीले सिटी स्क्यानदेखि आवश्यक पर्ने सबै जाँच ग¥यौं । तर, सिटी स्क्यानको रिपोर्टमा छातीमा समस्या देखियो । त्यसपछि तत्काल आईसीयुमा भर्ना गरेका हौं ।’

कोइरालालाई निमोनिया देखिएको छ । निमोनियासँगै छातीमा संक्रमण देखिएकाले आवश्यक औषधि चलाउन थालिएको अस्पतालले जनाएको छ । कोरोनाको उपचारमा हाल प्रयोग हुँदै आएको रेम्डेसिभिर पनि चलाएको कार्कीले बताए । तर, कोइरालाको स्वास्थ्यमा थप समस्या भने देखिएको छैन ।

‘कोइरालाको स्वास्थ्य झ्याप्पै सुधार भएको पनि छैन । थप खराब भएको पनि छैन । त्यसैले हामीले थप बिग्रन नदिन रेम्डेसिभिर पनि चलाउँन सुरु गरेका छौं,’ उनले भने । उनको उपचारमा अस्पतालका निर्देशक डा. विश्वनाथ कोइराला, डा. सुबोधसागर ढकाल, डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्न छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ