२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमृगेन्द्र-सम्झना चिकित्सा गुठीद्वारा वीर अस्पताललाई ५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

मृगेन्द्र-सम्झना चिकित्सा गुठीद्वारा वीर अस्पताललाई ५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं—मृगेन्द्र-सम्झना चिकित्सा गुठीले वीर अस्पतालाई ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बिहीबार गुठीले वीर अस्पतालको आईसीयु, सीसीयु, कार्डियोलोजी तथा अन्य विभागका स्वास्थ्यकर्मीहरुका लागि ५ लाख बराबरको पीपीई, मास्क, फेसशिल्डलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

गुठीका सदस्यसचिव कल्याणराज पाण्डेकाअनुसार गुठीले कोभिड—१९ विरुद्ध फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मीका लागि उक्त सामाग्री सहयोग गरेको हो । जसमा डिस्पोजेबल पीपीई ५० पिस, पुनः प्रयोग हुने पीपीई २५० पिस, फेसशिल्ड ५० पिस, ग्लोब्स १० बक्स रहेको छ । यस्तै, सर्जिकल मास्क थ्री प्ले ५०० पिस, केएन५ मास्क ६० पिस, एन९५ मास्क २५ पिस पनि गुठीले सहयोग गरेको छ ।

सहयोग सामाग्री बुझ्दैं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. डिएन साहले संकटका बेलामा उक्त सहयोग उपलब्ध गराएको धन्यवाद व्यक्त गरे । ‘संकटको बेलामा सहयोग उपलब्ध गराउनु भएको छ, यो बिर्सन सकिन्न्,’ उनले भने, ‘यो सहयोग आफैमा ठूलो हो । यो एक किसिमको प्रोत्साहन हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ