×
२०७७ कात्तिक ८, शनिबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६१८ सहित थप १२४६ जना कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ६१८ सहित थप १२४६ जना कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय १८ सहित थप १ हजार २ सय ४६ जना कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना नयाँ संक्रमित थपिएका छन्।

बिहिबार नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।

त्यस्तै, हाल १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १२ सय ४३ रहेको छ।

हाल नेपालमा १ सय ८२ जना आइसियु र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कुन प्रदेशमा थपिए कति नयाँ संक्रमित ?

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस