२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमंसिर १३ मा नर्सिङ लाइसेन्स परीक्षा हुने

मंसिर १३ मा नर्सिङ लाइसेन्स परीक्षा हुने


काठमाडौं–नेपाल नर्सिङ परिषदले लामो समयदेखि रोकिएको लाइसेन्सिङ परीक्षा आगामी मंसिर १३ गतेलाई तोकेको छ । परिषदले सूचना जारी गरी २०७७ मंसिर १३ गते परीक्षा लिने जनाएको हो ।

उसले परीक्षामा सहभागी हुने उम्मेदवारले असोज ४ गतेबाट कार्तिक ३ गतेसम्म अनलाइन फारम भर्ना सकिने समयावधि तोकेको छ । यदि सो समयमा नभ्याउनेहरुको लागि दोब्बर दस्तुर तिरेर मंसिर ८ गतेसम्म भर्ने व्यवस्था गरिएको हो ।

कोभिड—१९ का कारण परिषदले असारमा लिने नियमित परीक्षा रोकेको थियो । लामो समयदेखि परीक्षा नभएका कारण यस पटक परीक्षा दिने परीक्षार्थीको संख्या करिब ५ हजार हुने अनुमान गरिएको छ ।

दुई हप्ताअघि नेपाल मेडिकल काउन्सिलले एमविविएस र विडिएसको परीक्षा उपत्यका र बाहिरका गरी १७ केन्द्रबाट लिएको थियो । त्यसपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पनि आगामी असोज २७ देखि पिजीको एकीकृत प्रवेश परीक्षा लिने सूचना जारी गरिसकेको छ भने नेपाल फार्मेसी काउन्सिलले पनि परीक्षाको मिति तोकिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ