२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा २ हजार भन्दा बढीमा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्रै थपिए ८५९ संक्रमित

एकैदिनमा २ हजार भन्दा बढीमा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्रै थपिए ८५९ संक्रमित


काठमाडौं– काठमाडौं उपत्यकामा ८ सय ५९ सहित थप २ हजार २० जना कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैपटक २ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको यो पहिलोपटक हो । शुक्रबार २ हजार २० नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ। जसमध्ये १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ६ सय ९८ जनामा कोरोना पुष्टि भएको छ ।त्यस्तै, भक्तपुरमा ८२ जना र ललितपुरमा ७९ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ८ सय ७१ रहेको छ। हाल नेपालमा १ सय ७३ जना आइसियु र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

थप ७ संक्रमितको निधन 

पछिल्लो २४ घन्टामा थप ७ संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ८५ वर्षीया वृद्धा, ललितपुरकी ६६ वर्षीया वृद्धा, नवलपरासीका ३१ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय वृद्ध र मोरङ्गका ६६ वर्षीय दुई पुरुष रहेका छन् । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ सय ९० पुगेको छ  ।

कुन प्रदेशमा कति थपिए संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ