२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री सहित अन्य १ सय ५ स्वास्थ्यकर्मी विभूषित हुँदै

डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री सहित अन्य १ सय ५ स्वास्थ्यकर्मी विभूषित हुँदै


काठमाडौं– सरकारले संविधान दिवसको अवसरमा १ सय ५ जना चिकित्सक नर्स र स्वास्थ्यकर्मीसहित अन्यलाई मान पदवी दिने घोषणा गरेको छ । सबैभन्दा ठूलो मानिले सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई दिने निर्णय गरेको हो ।

सुप्रवल जनसेवा श्री तृतीयबाट १२ चिकित्सक र १ जना औषधि व्यवसायीसहित १३ जना विभूषित हुने भएका छन् । विभूषित हुनेहरुमा औषधि व्यवसायी उमेशलाल श्रेष्ठ, शिक्षण अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख प्रा.डा. सुवास आचार्य, मुटु रोग विशेषज्ञ शिवविक्रम श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, डा. सन्तकुमार दास, मुटु सर्जन डा. अनिल भट्टराई, डा. देवेन्द्र खत्री, डा. विजयराम श्रेष्ठ, प्रा.डा. विधाननिधी पौडेल, डा. गुणराज अवस्थी, डा. अनुप वास्तोला, प्रा.डा. रजनी हाडा, डा. मदनकुमार उपाध्याय र डा. रामअधर यादव रहेका छन् ।

त्यसैगरी,सुप्रवल जनसेवा श्री चतुर्थबाट ७५ जना चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी विभूषित हुँदै छन् । यसमा अधिकांश सरकारी अस्पतालका प्रमुख र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख परेका छन् ।

त्यसैगरी जनसेवा श्री पन्चमबाट १२ जना स्वास्थ्यकर्मीहरु परेका छन् । त्यसमा प्राय नर्सहरु परेका छन् । नेपाली सेनलाई दिइने परम पौरख भास्करमा नेपाली सेना अस्पताल ४ जना स्वास्थ्यकर्मी परेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ