२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफर्टिलिटी सोसाइटीद्धारा डा भोला रिजालको स्वास्थ्य लाभको कामना

फर्टिलिटी सोसाइटीद्धारा डा भोला रिजालको स्वास्थ्य लाभको कामना


काठमाडौ—फर्टिलिटी सोसाइटी अफ नेपालले वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको स्वास्थ्यलाभको कामना गरेको छ । गत १४ भदौंमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनको सोसाइटीले स्वास्थ्य लाभको कामना गरेको हो ।

स्त्रीरोग विशेषज्ञहरुको छाता संगठन फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्षसमेत रहेका चिकित्सक रिजाल दम्पतीलाई नै कोरोना पोजेटिभ देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको सोसाइटीकी महासचिव डा. स्वस्ती शर्माले बताइन् ।

शर्माले डा रिजालको पछिल्लो नमुना परीक्षण गर्दा कोभिड नेगेटिभ आएकोमा खुसी व्यक्त गरेकी छन् । तर, डा. रिजालकी श्रीमती सरलाको भने अझै नेगेटिभ रिपोर्ट आएको छैन । सुरुका केही दिन सामान्य ज्वरो, रुघा भएपनि हाल रिजाल दम्पतीलाई नै कुनै लक्षण देखिएको थिएन ।

डा रिजालले पनि आफू ठिक भएको अस्पतालबाटै बताएका छन् । ‘आम नागरिकको आर्शिवादले मलाई ठिक छ,’ उनले भने, ‘केही दिनमा अस्पतालबाट फर्कने र बिरामीको सेवामा लाग्नेछु ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ