२०८३ कात्तिक १०, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ थप ६ जना संक्रमितको निधन, ३९ जना संक्रमित भेन्टिलेटरमा

थप ६ जना संक्रमितको निधन, ३९ जना संक्रमित भेन्टिलेटरमा


काठमाडौँ – थप ६ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुष गरी थप ६ जना संक्रमितको मृत्युको हो।

पछिल्लो २४ घण्टामा  मोरङकी ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय वृद्ध, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौँकी ७५ वर्षीया वृद्धा र कपिलवस्तुकी ७० वर्षीया वृद्धाको मृत्यु भएको हो।

त्यस्तै, धादिङ्गकी ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलबस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष संक्रमितको पनि निधन भएको छ।

यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ४ सय ५९ पुगेको छ।

यस्तै, शुक्रबार मात्रै ३९ जना कोरोना विरामी भेन्टिलेटरमा उपचाररत छन्। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशका रहेका छन्। बागमती प्रदेशका ३४ जना कोरोना विरामीको भेन्टिलेटरमा उपचार भैरहेको छ।

त्यस्तै, प्रदेश ५ मा २ जना र प्रदेश १मा ३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ