२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा १ लाख १५ हजार स्वाथ्यकर्मी दर्ता, कुन विषयका कति ?

नेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा १ लाख १५ हजार स्वाथ्यकर्मी दर्ता, कुन विषयका कति ?


काठमाडौं—नेपाल स्वास्थ्य ब्यवसायी परिषद् अन्तर्गत १ लाख बढी स्वास्थ्यकर्मीहरु दर्ता रहेका छन् । स्नातकोत्तर, स्नातकदेखि पिसिएल र टिएसएलसीसम्मका १ लाख १५ हजार ५ सय ५१ जना काउन्सिलअन्तर्गत दर्ता रहेको काउन्सिलकी प्रशासन प्रमुख दीपा पौडेलले बताइन् ।

उनकाअनुसार ३१ असार २०७६ सम्म स्नातकोत्तरदेखि टिएसएलसीसम्मको उक्त संख्यामा जनशक्ति काउन्सिलमा दर्ता रहेको छ । जसमा स्नातकोत्तरमा गरेको १ हजार ७ सय ७८ जनशक्ति काउन्सिल अन्तर्गत दर्ता भएको छ । स्नातक गरेको ९ हजार ८ सय ८०, पिसिएल गरेको २६ हजार ९ सय २३ र टिएसएलसी गरेको ७६ हजार ९ सय ७० जनशक्ति काउन्सिल अन्तर्गत दर्ता भएको छ ।

स्नातकोत्तरतर्फ जनस्वास्थ्यमा १ हजार १ सय १२ जना, हेल्थ एजुकेशनमा ३० जना, निदान (मेडिकल माइक्रोबायोलोजीमा) १ सय ३८ जना, हेल्थ ल्याबमा ३४ जना, रेडियोथेरापी १, साइटोलोजी १, हेमाटोलोजी २०, बायो केमेष्ट्री १ सय ९४, भाइरोलोजी १० जना स्नातकोत्तर गरेको जनशक्ति काउन्सिलमा दर्ता छ । यस्तै, स्नातकोत्तर गरेकै अकुपंचर ३, फिजियोथेरापी १ सय ८३, प्राकृतिक चिकित्सा १, योगा ३, नेत्र विज्ञान १२, क्लिनिकल साइकोलोजी २०, स्पीच एण्ड हेयरिङ ९, परफ्युजन टेक्नोलोजी ३, एनेस्थेसिया १ र टिसिएम एएमटी ३ जना काउन्सिलमा दर्ता भएका छन् ।

यस्तै, स्नातकतर्फ सबैभन्दा बढी जनस्वास्थ्यमा ३ हजार ८ सय ६६ जना काउन्सिलमा दर्ता छन् । स्नातकतर्फका निदान हेल्थ ल्याबमा २ हजार ६ सय २७ जना, फिजियोथेरापीतर्फ १ हजार ३ सय ३७ जना दर्ता छन् । चौथो नम्बरमा बढी दर्ता हुने नेत्रविज्ञानमा ७ सय ९ जना रहेका छन् भने पाँचौ नम्बरमा रेडियोग्राफीतर्फ ६ सय १९ जना दर्ता रहेको काउन्सिलको तथ्यांकमा छ । यस्तै, स्नातकतर्फकै हेमियोप्याथीमा १ सय ५१, मेडिकल माइक्रोबायोलोजीमा १ सय ३९, बायो केमेष्ट्रीमा ८३, हेल्थ एजुकेसनमा ७६, स्पीच एण्ड हेयरिङमा ६९, एनेस्थेसियामा ६२ र प्राकृतिक चिकित्सामा ४८ जना काउन्सिलमा दर्ता छन् ।

युनानी १३ जना र अप्रेसन थिएटर एण्ड एलाइड हेल्थ साइन्समा १३ जना प्रोस्थेटिक आर्थिटिक १२ जना, अंकुपन्चरमा १० जना, योगामा ९ जना, हेमाटोलोजी ८ जना, रेडियो थेरापी ७ जना फरफ्युजन टेक्नोलोजी ७ जना, कार्डियोलोजी टेक्नोलोजी ४ जना, रेनल डाइलासिसमा ४ जना काउन्सिलमा दर्ता छन् । यस्तै, साइटोलोजीमा ३ जना, प्राइमरी हेल्थ केयर १ जना, न्युक्लियर मेडिसिनमा १ जना, कम्युनिटी बेस रिह्याबिटेसन १ जना, अकुपेसनल थेरापीमा १ जना रहेका छन् ।

२६ हजार ९ सय २३ जना दर्ता रहेको पिसिएलमा सबैभन्दा बढी चिकित्सातर्फ १५ हजार २ सय ९७ जना छन् । दोस्रोमा निदान हेल्थ ल्याबमा ७ हजार ५३ जना दर्ता छन् यस्तै तेस्रो नम्बरमा निदान रेडियोग्राफीमा १ हजार ७ सय ६१ जना दर्ता छन् । दन्त सहायकमा १ हजार २ सय ४८ जना, नेत्र विज्ञानमा १ हजार ६०, आयुर्वेदमा १ सय ८१ जना, फिजियोथेरापीमा १ सय ४ जना, अकुंपचरमा ९१ जना, अप्रेसन थिएटर एण्ड एलाइट हेल्थ साइन्स ५५ जना, विविध होमियोप्याथीमा ४४ जना, हेल्थ एजुकेसनमा १६ जना, निदान रेडियो थेरापीमा ९ जना, फोरेन्सिक मेडिसिनमा ३ जना, स्पीच एण्ड हेयरिङमा १ जना पिसिएलतर्फ दर्ता छन् ।

सबैभन्दा बढी ७६ हजार ९ सय ७० जना दर्ता रहेको टिएसएलसीतर्फ सबैभन्दा बढी चिकित्सामा ५७ हजार ९ सय ४२ जना दर्ता छन् । यस्तै, निदान हेल्थ ल्याब १६ हजार ९ सय ९२ जना दर्ता रहेको काउन्सिलले जनाएको छ । यस्तै, टिएसएलसीतर्फ आयुर्वेदमा १ हजार १ सय ५९ जना, दन्त सहायक ७ सय ७९ जना, फिजियोथेरापीमा ७५ जना, अकुंपन्चरमा ५१ जना, प्रोस्थेटिक, आर्थिटिक १ जना र योगामा १ जना नेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा दर्ता छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ