२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा

यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा


केही मानिसको स्मरणशक्ति सामान्यभन्दा कमजोर हुन्छ । कोही त यतिसम्म भुलक्कड हुन्छन की आफूले केही समयअगाडि खाएको कुरा देखि कारको साँचो कहाँ राखे भन्ने समेत थाहा हुँदैन । अत्यधिक व्यस्ता वा एउटै कुरा दिमागमा खेलिरहने समस्याले पनि मानिसहरुले बारम्बार भुल्छन् । यसबाहेक विभिन्न तत्व जस्तैः वंशानुगत समस्या, अत्यधिक तनाब, डिप्रेसन र धुमपानले पनि हाम्रो स्मरणशक्ति कमजोर बनाइदिन्छ । हामीले खाने दैनिक खानेकुरा पनि स्मरणशक्तिसँग जोडिएको हुन्छ । तर, कतिपयको स्मरणशक्ति जन्मजातै नै कमजोर हुन्छ । कमजोर स्मरण शक्ति कुनै अभिशाप होइन, किनकी यसलाई पनि विभिन्न अभ्यासबाट तीक्षण बनाउन सकिन्छ । विज्ञहरुका अनुसार जस्तो सुकै कारणले स्मरणशक्ति घटे पनि यसलाई सुधार्न सकिन्छ । यी हुन् स्मरणशक्ति बलियो बनाउने ८ तरिकाः

दैनिक व्यायायम

शारिरक व्यायायमले सिधै दिमागको स्वास्थ्यलाई प्रभाव पार्छ । जर्नल अफ एक्सरसाईज रिह्याबिलिटेसनमा प्रकाशित एक अध्ययन अनुसार नियमित व्यायायमले उमेरसँगै दिमाग बुढो हुने समस्याबाट बचाउनुका साथै दिमाग बोधो हुनबाट जोगाउछ । त्यस्तै, सन् २०१७ मा गरिएको एक अध्ययनमा एरोबेकि व्यायायमले मानिसलाई अल्जाईमर रोग हुनबाट जोगाउने उल्लेख छ । एरोबिक व्यायायमले व्यक्तिको मुटको चाल बढाउने बताइएको छ । त्यस्तै दौड, हाईकिङ, स्विमिङ, जुम्बालगायतका व्यायायमले दिमागलाई तेज बनाउछ ।

नियमित ध्यान

ध्यान स्मरणशक्ति बढाउने अचूक उपाय हो । नियमित ध्यानले दिमागको स्मरणशक्ति बढ्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । सन् २०१८ मा प्रकाशित एक अध्ययन प्रतिबेदनले ध्यानले दिमागको गतिलाई सुधार गर्ने, दिमाग कमजोर हुने समस्या घटाइदिने र अल्पकालिन तथा दीर्घकालिन रुपमा स्मरणशक्ति सुधार गर्ने दर्शाएको छ । अनुसन्धानकर्ताहरुले नियमित रुपमा ध्यान अभ्यास गर्ने व्यक्तिको दिमाग अध्ययन गरेका थिए । ध्यानले तनाब, नकरात्मक सोच र दिमागका अन्य बिकार फाल्न पनि सहयोग गर्छ ।

पर्याप्त निन्द्रा

दिमागको स्वस्थताका लागि निन्द्रा अनिवार्य मानिन्छ । सुत्ने चक्र बिथोलिएमा स्वभाविक रुपमा दिमागभित्र केमिकल निस्काशनमा अबरोध आउछ र स्वतः स्मरण शक्ति कमजोर हुन्छ । तर्सथ, विज्ञहरुले स्मरणशक्ति बढाउनका लागि दैनिक ७ देखि ९ घन्टासम्म सुत्नुपर्ने बताएका छन् ।

चिनिको मात्रा घटाउने
गुलिया परिकार जिब्रोको लागि स्वादिलो भए पनि त्यसले स्मरणशक्ति घटाइदिन्छ । सन् २०१७ मा गरिएको एक अध्ययन अनुसार अत्यधिक गुलियो खानेकुराले दिमाग कमजोर हुनुका साथै सम्झने शक्ति क्षीण बनाइदिन्छ । गुलियो चिजले अल्जाइमरलगायतका रोग लाग्ने वैज्ञानिकहरुले बताएका छन् । त्यस्तै, फलफुलको गुलियो जुसको सेबनले अल्जाईमर निम्त्याउने वैज्ञानिकहरुले साबधानी दर्शाएका छन् ।

उच्च क्यालोरियुक्त डाईट नखाने
दिमाग तेज राख्न चिनिको अतिरिक्त अत्यधिक क्यालोरियुक्त खानेकुरा पनि त्याग्नुपर्ने वैज्ञानिकहरुको सुझाब छ । धेरै क्यालोरियुक्त डाइटले स्मरणशक्ति घटाइदिने र मोटोपनको शिकार हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २००९ मा गरिएको एक अध्ययनले न्यून क्यालोरियुक्त डाईटले मानिसमा स्मरणशक्ति बढ्ने दर्शाइएको थियो ।

कफीयुक्त खानेकुरा खाने
कफी, ग्रीन टि जस्ता खानेकुराले कुनै पनि व्यक्तिको स्मरण शक्ति बढाउछ । सन् २०१४ मा गरिएको एक अध्ययन अनुसार कफीयुक्त खानेकुरा नखाने भन्दा खाने मानिसहरुको दिमाग दोब्बर चलाख भएको देखिएको थियो । अध्ययन अनुसार २ सय मिलिग्राम कफी खाएका व्यक्तिले २४ घन्टापछि नखाने व्यक्तिको तुलनामा धेरै राम्रो स्मरण गरेका थिए ।

डार्क चकलेट
डार्क चकलेटका दाँतका लागि बेफाईदा होला तर, यसलाई नियमित खाँदा स्मरण शक्ति राम्रो हुन्छ । डार्क चलकेटमा हुने कोकोअ फ्लेभोनोइड्स नामक तत्वले दिमागको कार्य सशक्त बनाउछ । सन् २०११ को एक अध्ययन अनुसार डार्क चकलेट खाने व्यक्तिको स्मरण शक्ति नखानेको तुलनामा तीक्षण थियो ।

दिमागको तालिम

जसरी दैनिक व्यायायमले हामी शरिरको माशपेशी बलियो बनाउछौ, त्यस्तै गरी दिमागलाई पनि तिक्षण बनाउन सकिन्छ । दिमागको तालिमले दिमागलाई बिस्तार गर्न र बढाउन सहयोगी हुने वैज्ञानिकहरुले बताउदै आएका छन् । प्लस ओन जर्नलमा प्रकाशित एक अध्ययनमा सातामा कम्तिमा १५ मिनेट दिमागको तालिम गर्ने व्यक्ति स्मरणशक्ति बढ्ने एउटा परीक्षणले देखाएको छ ।

(एजेन्सीको सहयोगमा)


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ