२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप एक कप कफीले माइग्रेनः अध्ययन

थप एक कप कफीले माइग्रेनः अध्ययन


एजेन्सी । दैनिक थप एक कप वा सो भन्दा बढी क्याफिनयुक्त पेय पदार्थ पिउँदा माइग्रेनको समस्या हुने एक नयाँ अध्ययनले देखाएको छ । नियमित एक वा दुई कप कफी पिउने व्यक्तिले थप अर्को कप पिएमा सो दिन टाउको दुख्ने अधिक सम्भावना रहने अध्ययनले देखाएको हो । अमेरिकन जर्नल अफ मेडिसिनमा प्रकाशित हर्वार्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको अध्ययनले यस्तो देखाएको हो ।
‘एपिसोडिक माइग्रेनका विरामीहरुको अध्ययन गर्दा एक दिनमा एक वा दुई कप क्याफिनयुक्त पेय पदार्थको सेवन माइग्रेनसँग सम्बन्धित देखिएन,’ अध्ययनकी प्रमुख अध्येता एलिजाबेथ मस्टबस्कीले भनिन् ।

उनी बेथ इजरायल डिकोनिस मेडिकल सेन्टरको पोष्ट डक्टरल फेलो तथा हर्वार्ड टि.एच. चन स्कुल अफ पब्लीक हेल्थकी इन्सट्रक्टर समेत हुन् । ‘तीन कप पेय पदार्थको सेवनले त्यस दिनमा माइग्रेन हुने अधिक सम्भावना देखिएको छ,’ उनले भनिन् । ‘दैनिक दुई भन्दा बढी पटक क्याफिनयुक्त पेयको सेवन लाभदायी नभएको यी निश्कर्षहरुले देखाउँछन्,’ मस्टबस्कीले भनिन् ।

अध्ययनमा सहभागी ९८ जनामध्ये महिला धेरै थिए । थप कफी खादा महिनामा २ देखि १५ पटक टाउको दुख्ने गरेको पाइएको थियो ।
सहभागीमध्ये ६६ प्रतिसतले दैनिक एक वा दुई पटक मात्र पेय पिएको र २० प्रतिशतले कुनै पनि क्याफिनयुक्त पेय नपिएको बताएका थिए । बाँकी १२ प्रतिशतले दिनमा ३ देखि ४ पटकसम्म क्याफिनयुक्त पेय पदार्थ पिएका थिए ।

दैनिक एक वा दुई पटक क्याफिन सेवन गर्ने व्यक्तिले तीन वा चार पटक क्याफिन सेवन गर्दा पनि माईग्रेनको जोखिम बढि भएको पाइयो । दैनिक तीन वा चार पटक क्याफिन सेवन गर्नेमा १.४ गुणा र पाँच वा सोभन्दा बढि पटक क्याफिन सेवन गर्ने व्यक्तिमा २.६१ गुणाले सो दिनमा टाउको दुखाईको समस्या बढेको अनुसन्धानले देखाएको छ ।

‘माइग्रेन एक्सपर्टहरुको लामो समयदेखिको आशंकालाई यो अध्ययनले थप पुष्टि गरेको छ,’ युनिभर्सिटि अफ पिट्सवर्ग र युपीएमसी हेडएक सेन्टरकी प्रोफेसर तथा न्युरोलजिस्ट डा. लोरी न्यापरले बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ