२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ महिनामा घट्यो ६० किलो तौल, यसरी भयो सम्भव

६ महिनामा घट्यो ६० किलो तौल, यसरी भयो सम्भव


निश्चय नै तौल घटाउने कार्य चानेचुने विषय होइन । कसैले अनावश्यक तौल घटाउदैछ भने धेरैलाई लाग्न सक्छ उसले वर्षैदेखि अथक मिहिनेत गरेको छ । तर, भारतका एक व्यापारीमा यो कुरा लागू हुदैन । रिसब सुमनले ६ महिनामा ६० किलो तौल घटाएका छन् । १३० किलोका उनी अहिले ७० किलोमा झरेका छन् । कुनैबेलाको भारी जीउ अहिले चंगा बनेको छ । खुट्किला चढ्न हत्तपत्त आँट नगर्ने उनी अहिले लिफ्ट पनि कुर्दैनन । कसरी भयो सम्भव ? सुमनले जब तौल घटाउने प्रयत्न गरे निश्चय नै यो कार्य त्यति सहज थिएन । धेरैले त पत्याएका पनि थिएनन् ।

अझै पनि पहिलो पटक उनलाई देख्ने सबैले कहाँ पत्याउछन र ? जे होस अथक मिहिनेत र परिश्रमपछि उनी भारी तौल घटाउन सफल भएका छन् । स्वस्थ डाईट र उचित वर्कवाउटले नै तौल घटाउन सम्भव भएको उनको भनाई छ । छोटो समयमा अत्यधिक तौल घट्दा उनको शरिरको केही भाग झोली परेको छ ।

कसरी घटाए त्यति धेरै तौल ?
५ फिट ९ इन्च अग्ला सुमनको बडेमानको जीउ थियो । सानो तिनो ठाँउले पुग्दै नपुग्ने । ट्क्याक्सीमा बस्नै कठिन । ट्याम्पुमा चढ्दा दुई जनाको पैसा तिर्नुपर्ने । कपडा त भने जस्तो लगाउनै नपाउने । साथीभाईले मोटे भनेर खिल्ली उडाउदा औडाहा नै हुन्थ्यो । यस्तै समस्याले पीडित थिए उनी । उनको वास्तविक तौल १३० किलो थियो । ६ महिना सम्म उनले अत्यधिक डाईटिङ र आउटडोर कार्डियो गरे । त्यस्तै खानपानमा पनि अत्यधिक साबधानी अप्नाए । उनको इच्छा शक्तिले पनि काम गर्यो । तौल घटाएरै छोड्छु भन्ने इच्छा शक्ति कहिल्यै डगमगाएन । अत्यधिक डाईटिङ र व्यायायमले उनी निकै कमजोर भए । तौल घटाउन उचित डाइटिङ र तालिमको कति महत्व हुदो रैछ भन्ने उनले त्यति बेला बल्ल बुझे ।

जीवन शैली परिवर्तन
त्यति धेरै तौल घटाउनु चानेचुने विषय थिएन । कसरी तौल घटाउने भन्दा पनि उनले खानेकुराबारे आफ्नो माईन्डसेट परिवर्तन गरे । ‘अहिले खानेकुरालाई मेरो स्वाद भन्दा पनि शरिरलाई चाहिने इन्धनको रुपमा लिन्छु । इच्छा शक्ति भएमा जुनसुकै बेला तौल घटाउन सकिन्छ ’, उनी भन्छन । तौल घटाएपछि पनि उनी आफ्नो वास्तविक आकारमा आउन सकेनन । छाला धोल्लो भइरहयो । तर, बिस्तारै परिवर्तन हुदैछ । अहिले उनी आफ्ना तस्बिहरु हेर्दै आफूमा आएको परिवर्तन देखेर दंग छन । भन्छन, ‘पुराना तस्बिरले मलाई मलाई फिटनेसको वाटोमा जान उत्प्रेरणा गरेको छ । ’

यस्तो छ खाना
अहिले उनी ब्रेकफास्टसमा ओट्स, दुई ओटा अन्डा र एउटा स्याउ लिन्छन भने लन्चमा ब्राउन राइस, घरमै पकाएको सब्जी तथा दाल खान्छन् । डिनरमा उमालेको सलाद र चिकेन वा माछा खान्छन् । अहिले पनि उनी नियमित व्यायायम गर्छन । व्यायायमअगाडि दुई ओटा स्याउ खान्छन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ