गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ संक्रमित बिरामीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्नुः मानवअधिकार आयोग कोभिड–१९ संक्रमित बिरामीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्नुः मानवअधिकार आयोग हेल्थ आवाज मंगलबार, २०७७ कात्तिक ४ गते, १४:२६ मा प्रकाशित काठमाडौँ – मानव अधिकार आयोग(एनएचआरसी)ले सम्पूर्ण नागरिकको स्वास्थ्य सम्बन्धि हकको सुनिश्चितता गर्न सरकारलाइ निर्देशन दिएकाे छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले विषम परिस्थितिमा कोभिड–१९ बाट संक्रमित बिरामीहरुको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गरी नागरिकको संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको सुनिश्चितता गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेको हो। दिन प्रतिदिन कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गइरहेको अवस्थामा सरकारले अबदेखि कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने, संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन समेत नगर्ने र सम्बन्धित व्यक्ति वा परिवारले आफैँ शव व्यवस्थापन गर्नुपर्ने भन्ने समाचारहरु प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। सरकार नागरिकको स्वास्थ्य सम्बन्धि हकबाट पन्छिन नपाउने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ सेवा निःशुल्क प्राप्तगर्ने हकहुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको सुनिश्चितता गरेको छ ।’ यस्तै जनस्वास्थ सेवा ऐन, २०७५ कोदफा २ (ख) मा सरुवा रोगको उपचार सम्बन्धी आधारभूत सेवा निशुल्क रुपमा प्राप्त हुने व्यवस्था गरिएको छ । संविधान तथा ऐनका यीव्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट आक्रान्त नागरिकहरुको उपचारबाट पञ्छिएर राज्य नागरिकको स्वास्थ्य सम्बन्धीहकको सुनिश्चितता गर्ने दायित्वबाट विमुख हुन मिल्दैन ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने