गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ संक्रमित बिरामीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्नुः मानवअधिकार आयोग कोभिड–१९ संक्रमित बिरामीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्नुः मानवअधिकार आयोग हेल्थ आवाज मंगलबार, २०७७ कात्तिक ४ गते, १४:२६ मा प्रकाशित काठमाडौँ – मानव अधिकार आयोग(एनएचआरसी)ले सम्पूर्ण नागरिकको स्वास्थ्य सम्बन्धि हकको सुनिश्चितता गर्न सरकारलाइ निर्देशन दिएकाे छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले विषम परिस्थितिमा कोभिड–१९ बाट संक्रमित बिरामीहरुको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गरी नागरिकको संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको सुनिश्चितता गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेको हो। दिन प्रतिदिन कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गइरहेको अवस्थामा सरकारले अबदेखि कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने, संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन समेत नगर्ने र सम्बन्धित व्यक्ति वा परिवारले आफैँ शव व्यवस्थापन गर्नुपर्ने भन्ने समाचारहरु प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। सरकार नागरिकको स्वास्थ्य सम्बन्धि हकबाट पन्छिन नपाउने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ सेवा निःशुल्क प्राप्तगर्ने हकहुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको सुनिश्चितता गरेको छ ।’ यस्तै जनस्वास्थ सेवा ऐन, २०७५ कोदफा २ (ख) मा सरुवा रोगको उपचार सम्बन्धी आधारभूत सेवा निशुल्क रुपमा प्राप्त हुने व्यवस्था गरिएको छ । संविधान तथा ऐनका यीव्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट आक्रान्त नागरिकहरुको उपचारबाट पञ्छिएर राज्य नागरिकको स्वास्थ्य सम्बन्धीहकको सुनिश्चितता गर्ने दायित्वबाट विमुख हुन मिल्दैन ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५… नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ४ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ५ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ६ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ७ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं Kalpana Craft ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर सरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने इन्दिरा आईभीएफलाई पहिलो तीन आईभीएफ केसहरूमा सफलता नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर सरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने इन्दिरा आईभीएफलाई पहिलो तीन आईभीएफ केसहरूमा सफलता