२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. सुर्यनारायणले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

डा. सुर्यनारायणले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए


काठमाडौं–स्वास्थ्यको कारण देखाउँदैं राजीनामा दिएका चिकित्सक सांसदले आफ्नो राजीनामा फिर्ता लिएका छन् । गत साउन २७ गते सप्तरी–१ बाट प्रतिनिधीसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद डा. सुर्यनारायण यादवले स्वास्थ्यको कारण देखाउँदैं राजनीनामा संसद सचिवालयमा दर्ता गराएका थिए ।

पार्टीको आग्रहमा डा. यादवले आइतबार राजीनामा फिर्ता लिएका हुन् । उनी समाजवादी पार्टीका सांसद हुन् ।

उनको राजीनामालाई लिएर उनकै पार्टीभित्र र बाहिरबाट समेत फिर्ता लिन उनीमाथि तीब्र दबाब परेको थियो । डा. यादवले कतिपयले त डा. सिके राउतलाई उपनिर्वाचनमा लडाउने योजना अन्तर्गत राजीनामा दिएको आरोप समेत लगाएका थिए ।

सप्तरीको तिरहुत गाउँपालिकाका स्थायीवासी डा. यादवले प्रतिनिधीसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई ३ हजार ४ सय ८७ मतले पराजित गर्दै तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव जितेका थिए । उनले २१ हजार ७ सय १२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी वाम गठबन्धनका उम्मेदवार अशोक मण्डलले १८ हजार २ सय २५ मत ल्याएका थिए ।

डा. यादव पहिलो पटक गत प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । गत निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचनमा उम्मेदवार बनेर जित हासिल गरे । बालरोग विशेषज्ञ डा. लामो समय स्वास्थ्य पेशामा बिताएका सप्तरीका चर्चित चिकित्सक मानिन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ