२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलाईट थेरापीले मुटु स्वस्थः अध्ययन

लाईट थेरापीले मुटु स्वस्थः अध्ययन


एजेन्सी । प्रकाशको किरणद्धारा गरिने उपचार बिधि लाईट थेरापीले मुटलाई स्वास्थ्य र सुदृढ गर्ने एक अध्ययनले देखाएको छ । राम्रो तरिकाले प्रयोग गरिएको लाईट थेरापीले ह्दयघातको समयमा अनुभव गरिने तन्तुको हानी (टिस्यु ड्यामेज) बाट जोगाउन सहयोग गर्ने अध्ययनमा दर्शाइएको छ । युनिर्भसिटी अफ कोलोराडोका वैज्ञानिकहरुले गरेको सो अध्ययन अनुसार प्रयोगशालाका लागि मुसाहरुलाई तीब्र प्रकाशमा एक सातासम्म राखिएको थियो ।

‘तीब्र प्रकाशले ह्दयघातबिरुद्ध जोगाउछ भन्ने यसअघि प्रमाणित भइसकेको छ, तर अहिले यसपछाडिको संयन्त्र पत्ता लगाएका छौ,’ अध्ययनका वरिष्ठ लेखक तथा युनिर्भसिटी अफ कोलोराडोका प्राध्यापक डा. तोबियस इकलले भने ।

अध्ययनका क्रममाा अनुसन्धानकर्ताहरुले तीब्र प्रकाशले पीइआर२ जीनको काममा प्रभाव पार्ने बताएका छन् । लाईट थेरापीले जीन सशक्त बनाउदा अनुसन्धानकर्ताहरुले ह्दयघातको समयमा प्रयोगशालाका मुसाको ह्दयको तन्तु थप सुरक्षित भएको पाएका थिए ।

तीब्र प्रकाशले कार्डिएक एडेनोसाईन नामक रसायनलाई बढाएको थियो । यो रसायनले रगतको प्रबाहलाई सहयोग गर्छ । अनुसन्धानमा संलग्न व्यक्ति शारीरिक रुपमा प्रकाश लिन सामथ्र्य हुनुपर्ने अनुसन्धानकर्ताहरुले बताएका छन । किनकी दृष्टिबिहीन मुसामा तीब्र प्रकाशको कुनै प्रभाव देखिएको थिएन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ