२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका स्टाफ नर्ससहित चौथो, पाँचौ, छैटौ र सातौ तहका ५ सय बढी कर्मचारीको समायोजन (सूचीसहित)

स्वास्थ्यका स्टाफ नर्ससहित चौथो, पाँचौ, छैटौ र सातौ तहका ५ सय बढी कर्मचारीको समायोजन (सूचीसहित)


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ५ सय बढी कर्मचारीहरुको समायोजन गरेको छ । सोमबार जारी समायोजन सूचीअनुसार पाँचौ, छैटौ र सातौ तहका स्टाफ नर्स, कविराज र रेडियोग्राफरको प्रदेश तहको समायोजन गरेको छ । यस्तै, डार्क रुम असिस्टेन्टको प्रदेशअन्तर्गत चौथो, पाँचौ र छैटौं तहको समायोजन पनि स्वास्थ्यले सम्पन्न गरेको छ ।

स्वास्थ्य माथिका पदहरुअनुसार प्रदेश १ मा पाँचौ, छैटौ र सातौ तहका स्टाफ नर्स, कविराज र रेडियोग्राफर तथा चौथो, पाँचौ र छैटौ तहका डार्क रुम असिस्टेन्ट गरी ८७ जनाको समायोजन सूची प्रकाशित गरेको छ ।

यस्तै प्रदेश २ मा पाँचौ, छैटौ र सातौ तहका स्टाफ नर्स, कविराज र रेडियोग्राफर तथा चौथो, पाँचौ र छैटौ तहका डार्क रुम असिस्टेन्ट गरी ६५ जनाको समायोजन सूची सार्वजनिक भएको छ भने प्रदेश ३ मा पाँचौ, छैटौ र सातौ तहका स्टाफ नर्स, कविराज र रेडियोग्राफर तथा चौथो, पाँचौ र छैटौ तहका डार्क रुम असिस्टेन्ट गरी ६७ जनाको समायोजन सम्पन्न भएको छ ।

यसैगरी गण्डकी प्रदेशमा पाँचौ, छैटौ र सातौ तहका स्टाफ नर्स, कविराज र रेडियोग्राफर तथा चौथो, पाँचौ र छैटौ तहका डार्क रुम असिस्टेन्ट गरी ७३ जनाको समायोजन भएको छ भने प्रदेश नं. ५ मा सोही तह र पदका १ सय ४३ जनाको समायोजन भएको छ ।

कर्णाली प्रदेशमा पाँचौ, छैटौ र सातौ तहका स्टाफ नर्स, कविराज र रेडियोग्राफर तथा चौथो, पाँचौ र छैटौ तहका डार्क रुम असिस्टेन्ट गरी ६१ जना सुदूरपश्चिम प्रदेशमा ७८ जनाको समायोजनको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको छ ।

हेर्नोस प्रदेशगत सूची

प्रदेश १

प्रदेश २

प्रदेश ३

गण्डकी प्रदेश

प्रदेश ५

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ