२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीलाई बिहीबार सिंगापुर लगिदैं

प्रधानमन्त्रीलाई बिहीबार सिंगापुर लगिदैं


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि पुनः उपचारका लागि सिंगापुर लगिने भएको छ । मिर्गौलाले काम गर्नेक्रम घट्दै गएपछि उनलाई बिहीबार पुनः सिंगापुर लगिने भएको हो ।

मिर्गौलामा क्रियटिनिनको मात्रा बढ्दै गएपछि प्रधानमन्त्री पुन सिंगापुर लग्न लागिएको स्रोतले बताएको छ । साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइँपछि गत सोमबार फर्केका थिए ।

ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको थियो । सिंगापुर गएपछि पनि सोही अस्पतालमा उनको उपचार हुने भएको छ । स्वास्थ्य परीक्षणपछि नेपाल फर्केका उनलाई समस्या बढ्दैं गएको छ ।

तर, प्रधानमन्त्रीकार्यलयले भने स्वास्थ्यमा कुनै समस्या नभएको बताउँदैं आएको छ । भारतीय विदेशमन्त्री जयशंकर नेपाल आए लगत्तै ओली सिंगापुर जाने छन् । स्वास्थ्य मानिसमा क्रियटिनिनको मात्रा १ दशमलव ४ हुन्छ ।

वरिष्ठ चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गोप्य नराख्न निजी चिकित्सकहरुलाई आग्रह समेत गरेका छन् । ओली यसै हप्ता उपचारका लागि सिंगापुर जादैछन् । स्रोतकाअनुसार ओलीले सिंगापुर जानु अगावै महत्वपूर्ण निकायहरुमा पदाधिकारी नियुक्ति गर्नेछन् । ओलीले पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष पुगेको छ । पुनः दोस्रो पटक प्रत्यारोपण गर्ने तयारी भइरहेको पनि उपचारमा संलग्न एक चिकित्सकले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ