२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसूचना प्रणाली एकत्रित गर्न स्थापना भएको स्मार्ट हेल्थ युनिट गायब

सूचना प्रणाली एकत्रित गर्न स्थापना भएको स्मार्ट हेल्थ युनिट गायब


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायबाट सही सूचना प्राप्त गर्न स्थापना गरिएको स्मार्ट हेल्थ युनिट गायब भएको छ । खोजेको समयमा सबैलाई आवश्यक सूचना उपलब्ध होस भनेर तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले सो युनिट स्थापना गरेका थिए । सम्बन्धित अधिकारी र सर्वसाधारणलाई सूचना पु¥याउने कुनै आधार नभएपछि पूर्वमन्त्री थापाले स्मार्ट हेल्थ युनिटको अवधारणा ल्याएका थिए ।

मन्त्रिपरिषद्बाट समेत पारित भएको सो अवधारणा थापा मन्त्रीबाट हटेसँगै गायब भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । मन्त्रालय तथा मातहतका सम्पूर्ण निकाय तथा इकाईमा प्रयोगमा रहेका तथा प्रयोगमा आउने सम्पूर्ण सूचना प्रविधिका माध्यमलाई अनुगमन गर्न, निर्देशित गर्न र समन्वय गर्न मन्त्रालयमा स्मार्ट हेल्थ युनिट गठन गरिएको वरिष्ठ तथ्यांक अधिकृत शिवलाल शर्माले बताए ।

स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न स्मार्ट हेल्थ

आधुनिक सूचना प्रविधिको पहुँच स्वास्थ्य सुधारका लागि उपयोग गर्नु उपयुक्त हुन्छ । त्यसैले राष्ट्रिय स्वास्थ्य नीति—२०७१, नेपाल स्वास्थ्य क्षेत्र रणनीति—२०१५–२०२० ले मार्ग निर्दिष्ट गरे बमोजिम स्वास्थ्य क्षेत्रको सूचना प्रविधि प्रभावकारी र उपलब्धिमूलक ढंगले प्रयोग र परिचालन गर्दै स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार, स्वास्थ्य व्यवस्थापनलाई थप सुदृढ गर्न स्मार्ट हेल्थ युनिट तर्जुमा गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मातहतका निकायसँग आवश्यक सूचना माग्दा कतिपय सूचनाका लागि हप्तौं कुर्नुपर्ने अवस्था छ । उपलब्ध भएका सूचना अनुमानका आधारमा तयार पारिएको हुन्छ ।

स्मार्ट हेल्थ युनिटका उपलब्धि 

स्मार्ट हेल्थ युनिट अवधारण सर्वसाधारण, स्वास्थ्य सेवाग्राही, स्वास्थ्य सेवाप्रदायक, व्यवस्थापक तथा नीति निर्माता गरि लक्षित समूहलाई मध्यनजर गरेर ल्याइएको हो । यसका फाइदा यस्ता छन्ः

  • रोगबाट जोगाउन र स्वास्थ्यका लागि जोखिमजन्य व्यवहार घटाउन स्वस्थ जीवनशैली प्रवद्र्न गर्ने ।
  • आपतकालीन जनस्वास्थ्य अवस्थामा जोखिम सम्बन्धि जानकारीहरु उपलब्ध गराउने ।
  •  स्वास्थ्य सेवा (जनरल तथा विशेषज्ञ)को उपलब्धता तथा पहुँच अभिवृद्धि गर्ने ।
  • व्यक्तिगत स्वास्थ्यबारे स्व—उत्तरदायित्व अभिवृद्धि गर्दै स्वास्थ्य सेवा उपयोग र सन्तुष्टि अभिवृद्धि गर्ने ।
  • सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीका लागि समुचित वातावरण सुदृढ तथा क्षमता अभिवृद्धि गर्ने ।
  • प्रभावकारी योजना, व्यवस्थापन, सुशासन तथा प्रमाणिक सूचनामा आधारित निर्णय प्रक्रिया सुदृढ गर्नका लागि स्वास्थ्य तथ्यांक तथा सूचनामा पहुँच अभिवृद्धि गर्ने

स्वास्थ्य क्षेत्र सुधारमा स्मार्ट हेल्थ युनिट अपरिहार्य

गगनकुमार थापा
पूर्व स्वास्थ्यमन्त्री

म स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य मन्त्रालयमा प्रविधिको प्रयोग गरेर विभिन्न खालको कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा धेरै कामहरु भएका थिए । यत्रतत्र छरिएका विषयहरुलाई एकत्रित गर्न हेल्थ युनिटको अवधारणा ल्याइएको हो । काम प्रभावकारी नभएपछि हामीले स्मार्ट हेल्थ युनिट गठन गरेका हौं । नयाँ सुचना प्रविधिको प्रयोग गरेर त्यसबाट नतिजा हेरौं भनेर युनिट सुरु गरेका थियौं ।

आ—आफ्नो ठाउँबाट काम गरिरहेको अवस्थामा एकै ठाउँ ल्याएर काम गरौं भन्दा कर्मचारीले सहज रुपमा मानेको पाइएन । आफ्नै ढंगबाट काम गर्दा चले पनि ठिक नचले पनि ठिक भनेर कर्मचारी बसिरहेको अवस्थामा एकत्रित भएर काम गरौ भन्दा जुन उत्साह हुनुपर्ने कर्मचारीमा त्यस्तो देखिएन । यस्तो काम राजनीतिक नेतृत्वले नै गर्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अत्याधिक मात्रामा सुचना प्रविधिको प्रयोग भएका परियोजना छन् । राजनीतिक नेतृत्वले अग्रसरता लिए यसको परिणाम चाडै जनताले अनुभूति हुने किसिमले आउँछ ।

मन्त्रालय समक्ष सुचना राख्ने पद्धति हुनु पर्छ । सूचना प्रणाली छरपष्ट हुँदा प्रभावकारिता न्युन छ । हामीलाई स्वास्थ्यमा देखिएको ग्याप थाहा छैन् । त्यसैले राजनीतिक नेतृत्वले एकै ठाउँमा ल्याएर काम गर्नुको विकल्प छैन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ