२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा आए शिक्षा सचिव, स्वास्थ्य सचिव युवा तथा खेलकूद मन्त्रालयमा

स्वास्थ्यमा आए शिक्षा सचिव, स्वास्थ्य सचिव युवा तथा खेलकूद मन्त्रालयमा


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शिक्षा सचिव खगराज बराललाई ल्याइएको छ । स्वास्थ्य सचिव रामप्रसाद थपलियाको भने युवा तथा खेलकूद मन्त्रालयमा सरुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बराललाई स्वास्थ्य मन्त्रालयको सचिवका रूपमा सरुवा गरेको हो भने स्वास्थ्य मन्त्रालयका सचिव थपलियालाई युवा तथा खेलकूद मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । स्वास्थ्य र शिक्षासंगै अन्य केही मन्त्रालयका सचिवहरु पनि हेरफेर भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा मन्त्री सचिवको टसलका कारण दुई सचिव कार्यरत छन् । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग सचिव डा. पुष्पा चौधरीको टसल परेपछि उनलाई प्रधानमन्त्री कार्यलयमा तानिएको थियो । यसका विरुद्ध चौधरी सर्वोच्च गएकी थिइन्, उनलाई सर्वोच्चले पुनः स्वास्थ्य मन्त्रालयमै काम गराउन सरकारलाई आदेश दिएको थियो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयमा चौधरीको अधिकार कटौती गरि अर्काे सचिवको ब्यवस्था गरिएको थियो । सुरूमा अर्का सचिवका रुपमा केदारप्रसाद अधिकारी कार्यरत थिए, केदारप्रसाद पछि सचिव चन्द्र घिमिरे आएका थिए । घिमिरेको सरूवा भएपिछ स्वास्थ्य  सचिवका रूपमा भने  थपलिया आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ