२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके पुरुषले महिलाको वासन सुँघेर उर्वरता थाहा पाउछन ?

के पुरुषले महिलाको वासन सुँघेर उर्वरता थाहा पाउछन ?


एजेन्सी । के महिलालाई सुँघेर उनीहरु कति उर्वर हुन्छन् भन्ने थाहा हुन्छ ? अनुहार वा शरिरको वासनाबाट कुनै पनि युवतीको उर्वरता मापन गर्न नसकिने धेरैको धारणा छ । तर, एक पछिल्लो अध्ययनले भने यस मान्यतालाई  चुनौती दिएको छ । पुरुषले महिलालाई सुँघेर उनीहरुको उर्वरता पत्ता लगाउने अध्ययनले दाबी गरेको छ ।

अध्ययनका लागि स्वीट्जरल्यान्डको युनिर्भसिटी अफ जुरिचका वैज्ञानिकले प्रजनन उमेरका २८ जना युवती सुघ्न सहभागी एउटा पुरुषहरुको समूहलाई अनुरोध गरेका थिए ।

ती महिलाहरुको मुख्य उर्वर हर्मनको तह परीक्षण भइसकेको थियो । ओइस्ट्रोजनको मात्रा उच्च हुने महिलाको बासना आनन्दपूर्ण भएको अध्ययनमा सहभागी सबै पुरुषरुले बताएका थए ।

ओइस्ट्रोजनले महिलाको रजस्वला हुने चक्र नियन्त्रण गर्छ । साथै, यसले किसोरी अवस्थामा पुग्दा युवतीको ओभरीमा अन्डालाई परिपक्व बनाउछ । यो हर्मन उवर्रताको संकेत भएकोले अध्ययन नतिजाले शरिरको बासन प्रजनन स्वास्थ्यसँग सम्बन्धित छ, जसलाई पुरुषहरुले सुँघेर पत्ता लगाउँछन् ।

पछिल्लो तथ्यांकअनुसार बेलायतका हरेक ६ जनामध्ये एक महिला बाझोपनको शिकार बनेका छन् । त्यस्तै, अमेरिकामा हरेक दशमध्ये एक महिला गर्भवती हुन निकै संघर्ष गर्नुपरेको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । ओभुलेसनमा समस्या देखिएपछि महिलामा बाझोपन देखिन्छ । यस्तो अवस्थामा अन्डाको निस्कासन हुदैन । न्यून गुणस्तरको वीर्यले पुरुषमा नपुसंकता हुन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ