२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपुल दरबन्दीमा रहेका १ सय २५ चिकित्सकबारे सामान्यको राय मागियो, ७ हजारको गुनासो सुनुवाई हुँदैं

पुल दरबन्दीमा रहेका १ सय २५ चिकित्सकबारे सामान्यको राय मागियो, ७ हजारको गुनासो सुनुवाई हुँदैं


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुल दरबन्दीमा रहेका १ सय २५ चिकित्सकका बारेमा राय माग्दैं सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । आइतबार मन्त्रालयले यसअघि पुल दरबन्दीमा रहेका १ सय २५ चिकित्सकका विषयमा राय माग्दैं सामान्यलाई पत्र पठाएको कर्मचारी प्रशासन शाखाका सह-सचिव शिवराम न्यौपाने बताए ।

उनकाअनुसार यसअघि विभिन्न कारणले रोकिएको स्वास्थ्यको अन्य समायोजन प्रक्रिया पनि मन्त्रालयले आजैबाट अगाडि बढाउने तयारी गरेको छ ।  यस्तै, मन्त्रालयले विभिन्न कारण देखाउँदैं समायोजनमा आएका ७ हजार गुनासोको सुनुवाई प्रक्रिया पनि अगाडि बढाउने भएको छ । मिलाउन सकिने, मिल्ने र सामान्य समस्या रहेकाको गुनासो आजैबाट सुनुवाई प्रक्रिया अगाडि बढाउने तयारी मन्त्रालयको छ ।

कतिपयले समायोजनमा असन्तुष्टी जनाउँदैं दोस्रो पटक पनि गुनासो हालेका छन् । मन्त्रालय निकटस्रोतकाअनुसार दोस्रो पटक पनि गुनासो गरेकाहरुको प्रकृति हेरेर अन्तिम पटक सुनुवाई गर्ने प्रयास पनि मन्त्रालयले गर्नेछ । ‘आफूले मागेको ठाउँमा नपरेका, पारिवारिक समस्या भएर दोस्रो पटक गुनासो गरेकाहरुको पनि अन्तिम पटक हेर्ने भन्ने छ,’ स्रोतले भन्यो ।

तर, बढी विवाद रहेकाको भने सुनुवाई तथा समायोजन प्रक्रिया अगाडि बढ्ने छैन् । साथै, स्वास्थ्यले समायोजनमा फाजिलमा रहेका कर्मचारीहरुको पनि ब्यवस्थापन गर्ने भएको छ । समायोजनलगायतका विषयमा स्वास्थ्यले सामान्यको पत्र नकुर्ने भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ